रोशन दिप – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमीटी मकवानपुरले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा शुक्रबार जिल्ला अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्षता र बागमती प्रदेशका प्रथम मुख्यमन्त्रि डोरमणी पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलालको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख ,प्रध्यापकसँगै २ सय जना भन्दा बढी विद्यार्थीहरुको सहभागि रहेको सो कार्यक्रमा मुख्यमन्त्रि पौडेलले मन्तव्य मार्फत कार्यक्रममा सहभागी सबैमा नयाँ वर्षको शुभकामना दिए ।

गैरसरकारी महासंघ बागमती प्रदेशका प्रमुख आरती पाठक तथा पार्टी प्रमुख सदस्य बलराम बलको पनि उपस्थिति रहेको कार्यक्रम बद्री प्रसाद लम्साल,भोजराज ढकाल, भुवन मैनाली, संगम चैलागाई, उत्तम अर्याल, सन्देश बिडारी, दिनेश विडारी, घनश्याम घिमिरे, इन्द्रमान स्याङतान, सन्तोष पौडल, वुद्धी राम डिम्डुङ, राजेश नगरकोटी लगाएतको आतिथ्यतामा सम्पन्न भएको हो ।