आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको नेताहरुले दावी गरिरहेका छन् ।

मकवानपुरमा नेताहरुको प्रतिस्पर्धामा निर्वाचन रोचक बन्ने देखिएको छ भने जिल्लामा चुनावी सरगर्मी बढेको छ। मकवानपुरका नेता तथा उम्मेदवार हरुले पनि निर्वाचित भएर गर्ने कामका बारेमा घोषणा गरेका छन् ।

यसैविच मकवानपुरमा लोकतान्त्रिक बाम साझा गठबन्धन तर्फका क्षेत्र नम्बर १ को ९क० प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी “छिन्तु” ले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षाका लागि प्रतिबद्धता जनाएका छन् ।

विहिबार पत्रकार भेटघाट कार्यक्रममा “वाक् तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा हाम्रो प्रतिबद्धता” पत्र सहित विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने बताएका हुन् ।

उनले आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गरिने बताए ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गरिने ग्यारेन्टी गरे ।

………………………..