रोशन दिप हेटौडा – ३ माघ १३ गते आईतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।

वडाका अध्यक्ष ढलक बहादुर थापाले वडा – ३ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको बताए ।

उनले आवश्यक ५१ सुचकहरु ४९ सुचक १०० प्रतिशत बाँकी २ लगभग ९५ प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएको बताए ।

हेटौडा –२,५,६,७,८,९,१०,११,१२,१५,१७,१९ नं वडाहरु बालमैत्री वडा घोषणा भइसकेको छ भने अब पालो यस वडाको रहेको छ।