हेटौंडाउपमहानगर पालिका –२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको प्रायोजनमा भएको मकवानपुर जिल्ला स्तरीय चौथो स्क्रयाबल च्याम्पियनसीप बुधाबार सम्पन्न भएको छ ।
एक विद्यालयबाट दुईजना विद्यार्थी सहभागी रहनेगरि गरिएको प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयबाट ४६ जना विद्यार्थी सहभागी भएका हुन् ।
प्रतियोगितामा ६ वटा सामुदायिक तथा १७ वटा निजी विद्यालयका विद्यार्थी सहभागी भएका हुन् भने बालजागृतिमा अध्यरतआरुश राजथला प्रथम भएका छन् ।त्यसैगरी बालजागृतिकै दिद्यार्थी श्रीसुम श्रेष्ठ द्धितीय भएका हुन् ।
प्रतियो गितामा सुनगाभा शिक्षा निकेतन इङलिस स्कुलका अमोघ चौलागाई तृतिय भुटनदेवी माध्यमिक विद्यालयमा अध्यनरत प्रशान्त शाह चौथो भएका छन् । गत असारमा बालजागृति इंग्लिस स्कूलकै आयोजनामा स्क्राबल खेलसम्बन्धी एकदिने जिल्लास्तरीय कार्यशाला समेत आयोजना गरिएको थियो ।
विद्यार्थीको शब्दज्ञान अभिवृद्धि हुने भएकोले पछिल्लो समय मकवानपुरका स्क्राबल खेलको प्रवद्र्धन भइरहेको बिद्यालयका प्रिन्सीपल बिनोद सुवेदी बताउछन् । प्रतियोगिता आयोजनाका लागि करिब १ लाख रुपैयाँ खर्च हुने बताए।
स्क्राबल क्लब मकवानपुरका संयोजक विवश जंग थापाले जानकारी दिए अनुसार स्क्राबल ३ चरणमा खेलाइएको थियो भनृ प्रत्येक चरण ४५ मिनेटको खेलाइएको हो ।
खेलमा उत्कृष्टले आगामी कात्तिक ९ गते गुल्मी जिल्लामा हुने राष्ट्रिय स्क्राबल च्याम्पियनसीपमा सहभागिता जनाउनेछन् भने मकवानपुरबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका बालजागृतिमा अध्यनरत प्रसिद्ध तिमल्सिना भने स्वतः छानिएका छन् ।
च्याम्पियनसीपमा स्क्राबल क्लब नेपालका तालिम संयोजक भोजराज सुवेदी र बारा जिल्ला संयोजक सुवास अधिकारी निर्णायकको भूमिकामा रहेका हुन् ।
बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको सञ्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको सभाध्यक्षता तथा २ नंबर वडाका अध्यक्ष विष्णुगोपाल महर्जन ज्यूको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, (प्याव्सन) का केन्द्रीय समिति उपाध्यक्ष उमेश श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्