बागमती प्रदेश प्रहरी भवन निर्माणका लागि सिलन्यास गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने ।

हेटौंडा । बागमती प्रदेश प्रहरी अस्पतालको भवनको निर्माणका लागि सिलन्यास गरिएको छ । मंगलबार हेटौंडा–१७,हटियास्थित डीपीचौरमा प्रदेश प्रहरी अस्पतालको भवन निर्माणका लागि सिलन्यास गरिएको हो । बागमती प्रदेश सरकारको आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोज बजेटबाट सुरु गरिएको भवन निर्माण सिलन्यास काूनन मन्त्री सुरजचन्द्र लामिछानेले गरेका हुन् । मन्त्रालयको करिब ८ करोड रुपैयाँको बजेटमा भवन निर्माणको कार्यलाई अगाडि बढाएको हो । आगामी वर्षको पुस महिनामा भवन निर्माणको कार्य सम्पन्न हुने बताइएको छ ।

प्रदेश प्रहरी अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएसँगै प्रहरीहरुले विभिन्न समस्याको समाधान हुनेछ । प्रहरी अस्पताल भवनको सिलन्यास कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर शाही, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी