हेटौंडा – १२ / हेटौंडा उपमहानगरपालिका—१२ वडाध्यक्ष पदको उपनिर्वाचन आइताबार सम्पन्न भएको छ ।
वडा नम्बर १२ वडामा ८ हजार ५३ मतदाता छन् । जसमा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता रहेकोमा मत खसेको हो ।
बिष्णु ज्योति आधारभुत विद्यालय – मतदाता संख्या पुरुष – ११८३ महिला – १२९१ जना गरि ३६२५ मतदाता छन् भने २४७४
मत खसेको हो । प्रतिशतलाई हेर्ने हो भने ६८. २४ रहेको छ ।
प्रतिभा माध्यामिक विद्यालयमा पुरुष १३७२महिला १६३५ अन्य १ गरि ४४२८ मतदाता संख्या रहेका छन् । जसमा ३००८ मत खसेको हो ।
प्रतिशतको आधारमा ६७. ९० रहेको छ । वडाभरिकै आधारमा ६८.०७ प्रतिशत मत खसेको छ ।
स्थानीयतहको निर्वाचन २०७९ मा ६ हजार ४६५ मतदाता थिए भने करिब ६२ प्रतिशत मत खसेको थियो ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान अप्रान्नह ५ बजे भयरहित ढङ्गले सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए।
प्रतिभा आधारभूत विद्यालय सिक्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा गरि २ स्थानमा मतदान गर्ने व्यवस्था गरिएको होे ।
२०७९ मा सम्पन्न निर्वाचनमा वडाअध्यक्ष बनेका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।
उपनिर्वाचनमा बाजी मारेर वडा आफैले हाक्ने दावी गर्दै वडाध्यक्ष पदका लागि दलबाट ९ जना र स्वतन्त्रबाट ३ जना गरि १२ जना उम्मेदवार मैदानमा छन् ।
नेकपा माओवादी केन्द्रका रविकुमार प्रधान (रविन) एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल छन् ।
स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा होमिएका हुन् । वडाहाक्ने दावी गर्दैगर्दा वडा बाजी कसले मार्ने हो ? त्यसका लागि नतिजाले निर्धान गर्ने छ ।
मतपेटिकालाई हेटौंडा २ स्थित सिद्धार्थ माबिमा ल्याएर मत गणना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्