
हेटौंडा । हेटौंडामा रहेको एएफ अन्तर्गतको हेटौंडा अनुसन्धान तथा अविस्कार केन्द्रले हेटौंडा–१०,स्थित फरेष्ट्री क्याम्पसको म्युजियममा कगmmभच कतझ भहउय–द्दण्डद्द आयोजना गर्ने भएको छ । यही शुक्रबार हेटौंडा भरिका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट कक्षा–६देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुले आफूले विज्ञान, सुचना प्रविधी नवप्रवद्र्धनका क्षेत्रमा तयार पारेको अनुसन्धानमा आधारितपरियोजनाहरुलाई प्रदर्शन गर्नेगरी summer stem expo–2082 आयोजना गर्ने भएको हो ।
विद्यार्थीहरुलाई अनुसन्धान तथा नवप्रवर्तन कार्यहरुमा अगाडि बढाउने, प्रविधिमा र सोधकर्ताको क्षेत्रमा भविष्य खोजेका विद्यार्थीलाई अवसर प्रदान गर्ने तथा प्रोत्साहन गर्ने, विद्यार्थीले निर्माण गरेका प्रोटोटाइप तथा खोजलाई विद्यार्थीमाज प्रदर्शन गर्ने अवसर प्रदान गर्ने, राष्ट्रिया तथा अन्तराष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपाली विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सहभागी गराउन तयारी गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको बताइएको छ ।
प्रदर्शनिमा प्रथम, दितीय र तृतीय हुने टिमले क्रमस १५ हजार, ९ हजार र ६ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, भोटिङ्को आधारमा प्रथम हुनेले नगद ३ हजार पुरस्कार प्रप्त गर्ने छन् भने उत्कृट १० परियोजाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञान प्रदर्शनिहरुमा सामेल गराईने छ । प्रदर्शनी मेलाको आयोजना गर्नका लागि ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।हेटौंडाका प्रविधि र विज्ञानमा रुचि राख्ने विद्यार्थीहरुलाई सो प्रदर्शनी मेलामा आफ्नो कला प्रश्पोटन गर्ने उपयुक्त स्थान भएको एएनएसएफका संस्थापक अध्यक्ष किसन बास्तोलाले बताए । हेटौंडाका अन्य विद्यार्थीहरुलाई पनि विज्ञान र अविस्कारको क्षेत्रमा रुचि बढ्ने विश्वास व्यक्त गरे ।
विगत ३ वर्ष देखी विद्यार्थीहरले समाजमा देखेका कुनै समस्ययको समाधान मोडल प्रस्तुत गर्ने तथा सानैदेखि विद्यार्थीलाई प्रविधि र अनुसन्धान जस्ता कुरामा अघि बढाउने र मेधावी विद्यार्थीहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको हो । coding and programming, Art sketching and canvas painting, AI and computer vision, cybersecurity and Enthical Hacking, Math Olympiad preparation) ,लगाएलतका विभिन्न १५ वटा विधामा कक्षा संञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्