हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९पशुपतिनगरमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिएको छ ।

पुर्व पश्चिम राजमार्ग सडक खण्डमा बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार रहेका एक गरी दुई जना भाइते भएका थिए ।

शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउदै गरेको भारतीय एन. एल. ०१ एल. २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत तर्फबाट आउँदै गरेको ना. ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा ९ का ५५ बर्षीय इश्वर तामाङ्ग र २६ बर्षिया अमिना तामाङ्गको मृत्यु भएको हो।

घटनामा घाइते भएका दुवैलाई उपचारकाम लागि लगिएपनि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मृतक बाबु छोरी हुन भनिएको छ।