हेटौंडा । हेटौंडाका युवाहरुले सडकमा वेवारिसे तथा घाइते अवस्थामा रहेको कुकुरको उद्दार कार्यमा सक्रिय बन्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न वडाहरुमा अलपत्र अवस्थामा परेका, दुर्घनामा परेर घाइते भएसँगै विभिन्न रोगहरुबाट संक्रमित भएका उद्दारमा सक्रिय बन्दै आएका हुन् । हेटौंडाको सामुदायिक कुकुरको उद्दार गर्नुका साथै उपचार र कुकुरहरुको संरक्षणमा विगतको लामो समयदेखि ९ जना युवाहरु जुटिरहेका छन् । हेटौंडाको एनिमल एण्ड डग वेलफेयर क्लब’ माध्यमले युवाहरु आफ्‌नै व्यक्तिगत श्रम र आर्थिक खर्च लगानी गरेर सडकमा वेवारिसे अवस्थामा रहेर निकै कठिन एवम् कष्ठकर जीवन व्यतित गर्दै आएका कुकरको उपचार गरेर उचित व्यवस्थापन गर्दै आएको बताएका छन् ।

उद्दार कार्यमा सक्रिय युवाहरुको क्लबका अध्यक्ष सजल पौडेलले हालसम्म संख्याको आधारमा ३ सय वडा भन्दा अधिक सामुदायिक कुकुरको उद्दार, उपचार तथा व्यवस्थापन गरिएको जानकारी गराएका छन् । ९ जना सदस्य रहेको उक्त समूहमा पशुसम्बन्धी ज्ञान भएका सदस्य सहभागी रहेको बताएका छन् । कुकुरको उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबले विशेषगरी विभिन्न सवारी साधनको ठक्करमा परेर सडक दुर्घटनामा परेका, सवारी साधनको ठक्करबाट घाइते भएका, छालासम्बन्धी रोगबाट ग्रसित तथा भोकमरीसँगै अन्य विभिन्न समस्याबाट गुज्रिएका कुकुरहरुको उद्दार गर्दै आएको उनले बताए ।

क्लबका सदस्यहरु मिलेर उद्दार गरिएको कुकुरको लागि आवश्यक खर्च जुटाउने गरेका युवाहरुले आवश्यक थप खर्चका लागि सामाजिक सञ्जाल मार्फत पनि सहयोग संकलन गरेर वेवारिसे कुकुरको उपचार कार्यमा निरन्तर निस्वार्थ भावनाले लाग्दै आएको बताउँछन् । क्लबका अध्यक्ष पौडेलका अनुसार उद्दार गरिएका घाइते तथा बिरामी कुकुरलाई उपचार अवधिभर सुरक्षित रुपमा राख्ने उपयुक्त ठाउँको अभाव भएको बताउँदै चिन्ता व्यक्त गरिएको छ । कुकुरका लागि आश्रयस्थल नभएको खण्डमा कहिले आफ्‌नै घरको आँगनमा, कहिले सार्वजनिक खाली भवनमा त कहिले खुलास्थानमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको क्लबका सदस्यहरुले गुनासो गरेका छन् ।

क्लबका सदस्यहरुका अनुसार हेटौंडाको विभिन्न सडकहरुमा भेटिने गरेका धेरै जसो कुकुरहरु सवारी दुर्घटनाको सिकारमा पर्ने गरेका बताउँदै उनीहरुले भने– हामीहरुले सडकमा भेट्ने गरेको अधिकांश कुकुरहरु सडकको सवारी साधनले ठक्क दिने गरेको हुन्छ । मानिसहरुले सवारी साधनले कुकरलाई ठक्कर दिएपछि त्यस स्थानबाट फरार हुने गरेका छन् । जस कारणले हामीले कयौं दिनसम्म टड्पीएर छटपटाइ रहेको अवस्थामा कुकुर भेट्ने गरेका छौं । उनीहरुले भने । नेपालको कानुन अनुसार पशुपंक्षीमाथि यस्ता प्रकारका क्रुर व्यहार गर्नु नहुने नियम भएतापनि सम्बन्धी निकायहरुबाट प्रभावकारी रुपमा यसको कर्यन्वयन हुन नसकेको उनीहरुको गुनास छ ।

जनावरलाई कुटपीट गर्ने, घाइते बनाउने र सवारी दुर्घटनापछि भाग्ने व्यक्तिमाथि सरकारले कडा भन्दा कडा कारबाही गर्न आवश्यक रहेको उनीहरुले बताएका हुन् । विभिन्न सामुदायिक भित्र रहेका कुकुलाई सुरक्षित गर्न, संरक्षण गर्न, उपचार गर्न र व्यवस्थापन गर्नका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बजेट विनियोजन गर्न जरुरी रहेको क्लबकी कोषाध्यक्ष आश्रिती सेढाइले बताएकी छिन् । सामुदाय भित्र रहेका कुकुरको संरक्षणलाई पशु कल्याणको रुपमा मात्र नहेरेर सार्वजानिक स्वास्थ्य, सवारी दुर्घटना र जोखिम न्यूनीकरण तथा सुरक्षित सहरको व्यवस्थापनसँग जोडेर मूल्यांकन गरेर हेर्नुपर्ने उनले बताए ।

कुकुरको उद्दार तथा उपचारमा सक्रिय भूमिका निर्वाह खेल्दै आएको युवाहरुका लागि हेटौंडा उपमहानगरपालिकाले कुनै सहयोग नपाएको उनले बताए । उनीहरुका अनुसार हेटौंडा–१ स्थित खसीबजार भवनलाई सामुदायिक कुकुरको आश्रयस्थल (सेल्टर) का रुपमा उपलब्ध गराउने तयारी गरेको छ । उक्त भवनमा आश्रयस्थल सञ्चालनमा आएपछि घाइते तथा बिरामी कुकुरको उपचार र व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । उपचारपछि आराम गर्नुपर्ने, नियमित औषधि सेवन गर्नु पर्ने तथा पूर्णरुपमा स्वस्थ भइनसकेका कुकुरलाई सुरक्षितरुपमा राख्न सकिने उनीहरुले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी