हेटौंडा । हेटौंडामा माघि पर्व हर्षोल्लासका साथ मनाइएको छ । माघि महोत्सव मूल समारोह समितिको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हर्षोल्लासका साथ आठौं माघि महोत्सव कार्यक्रमको आयोजना गर्दै माघि पर्व मनाइएको छ । थारु समुदायिका व्यक्तिहरुले मिलेर हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा हरेक वर्ष माघि महोत्सव कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
माघि महोत्सव मूल समारोह समितिका अध्यक्ष चन्द्रकान्ता चौधरीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा माघि महोत्सव कार्यक्रमको उद्धाटन गरिएको थियो । कार्यक्रममा थारु समुदायका व्यक्तित्वहरुले विभन्न प्रकारको साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । जसमा विभिन्न थारु समुदायिका नृत्य लगायतका झाँकी प्रर्दशनी गरिएको थियो ।
माघे सङ्क्रान्तिका अवसरमा चाकु, तिल, घिउ, खिचडी, तरुल, सख्खर, माछा–मासु जस्ता पौष्टिक खानेकुरा खाने परम्परा छ । जाडो याममा शरीरलाई उर्जा र स्वास्थ्य प्रदान गर्ने विश्वासका साथ यी परिकारहरू सेवन गरिन्छ । माघे सङ्क्रान्तिले स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्ने अवसरका रूपमा पनि विशेष स्थान राख्दछ । कार्यक्रममा वडा नम्बर–४ का वडाध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्