रोशन दिप – नेपाल स्काउट स्थानीय पालिका समिति हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको ३ दिने प्रथम हेटौडा उपमहानगरपालिका स्तरीय स्काउट पेट्रोल लिडर तालिम सम्पन्न भएको छ ।
हेटौडा भित्र स्काउट संचालन भएको १७ वटा ट्रुप बाट छात्र छात्रा गरी १२० जना सिनियर स्काउटहरु र नेपाल स्काउटको युवा कार्यक्रम अन्र्तगत विधालय तहमा स्काउट इकाइ गठन भएको स्काउट ट्रपका दल नायक तथा टोली नायकहरुको सहभागीतामा भाद्र ८ गते देखि १० गते सम्म भएको तालिम सम्पन्न भयो ।
स्काउट संचालन भएका विद्यालयहरुमा स्काउट कार्यक्रम गर्न र नेपाल स्काउटको परिमार्जीत विभिन्न विषयहरुमा जानकारी गराई नेतृत्व विकाश गर्नको लागि तालिम भएको हो ।
पेट्रोल लिडर तालिममा नेतृत्व विकाश, दल तथा टोली नायक परिषद् प्रणाली, विपतमा डोरीको प्रयोग र अभ्यास, बालअधिकार, समुह परिचालन र कार्यक्रम निर्माण, प्राथमिक उपचार, स्काउटका विभिन्न झण्डाको प्रकार र यसको प्रयोग, ब्याज तथा विभिन्न जिवनउपयोगी सिपहरु सिकाइयो।
प्रतियोगात्मक रुपमा विपतको समयमा बिना भाडो खाना बनाउने, जंगल पदयात्रा तथा सर्वधर्म सभा कार्यक्रम समेत आयोजना गरिएको हो।
नेपाल स्काउट स्थानीय पालिका समितिका प्रमुख आयुक्त अनिल आचार्यको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष सुनिल मोत्तानको प्रमुख आतिथ्यतामा भएको हो ।
समापन कार्यक्रममा प्रथम पेट्रोल लिडर तालिमको कोर्ष लिडर अशोक सारु मगर र लक्ष्मी थापा , स्काउट स्थानीय पालिका थाहा नगरपालिका प्रमुख आयुक्त गणेशमान श्रेष्ठ, बागमती स्काउट स्थानीय पालिका प्रमुख आयुक्त राजकुमार राई , राष्ट्रिय परिषद्का सदस्य सुरेन्द्र का रन्जित लगायतका अतिथिहरुको उपस्थिीती थियो।
तालिममा शिवकुमाार त्वयना, अशोक सारु मगर, लक्ष्मी थापा ,शसीलराज गिरी, सौजन डिसी, अनिल आचाय, इन्द्रमणि दाहाल, दिक्षा दाहाल लगायतले प्रशिक्षण दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्