हेटौंडा । साहित्य संगम मकवानपुरको अध्यक्षमा पुनः डीबी बर्तौला चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको साहित्य संगम मकवानपुरको १७ औं अधिवेशनबाट डीबी बर्तौला दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा चयन भएका हुन् ।
बर्तौलाको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरिएको छ । आगामी ३ वर्षे कार्यकालका लागि संगमको उपाध्यक्षमा मनोज पोखरेल, सचिवमा रजनी पौडेल, सहसचिवमा भवानी तिम्सिना र कोषाध्यक्षमा सन्जित श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा मिथिला अधिकारी, कमल नेपाल, विविधा रुम्बा र विधान आचार्य (स्पर्श) चयन भएका छन् ।























प्रतिक्रिया दिनुहोस्