
हेटौंडा । विश्वमै चचित मानिने भारतका सर्प उद्दारकर्ता मुरलीवाला हौशाला बिषलु सर्पको टोकाईमा परेसंगै अस्पतालमा उपचारपछि होशमा आएका छन् ।
उनले भारतका बिभिन्न स्थानका बस्ती बस्तीमा पुगेर हरेक प्रजातीका सर्पहरु उद्दार गरि मानव वस्ती भन्दा टाढा लगेर छाड्ने गरेका छन् ।
भारत जोनपुरका मुरलीवालाले भारतमा पाईने विषल् भन्दा विषालु सर्प किङकोब्रा, गोवन, बेनडेड करेत, रसल्स भाइपर, करेत लगायतका सर्पहरु अजिङगर, गोरो लगायतका जिवहरु समेत उद्दार गर्दै आएका हुन् ।
यसैक्रममा होशला नेपालको केही स्थानमा सर्प उद्धारकर्ताहरु संग भेटघाट गरेर पश्चिम नवलपरासी बर्दघाट , चितवन र बारामा पुगेर पनि सर्प उद्दार गरेका थिए ।
उनले सर्प उद्धार गरेर बच्न र बचाउन दिएको सन्देशहरु सहितको भिडियोहरु आफ्नो युट्युव च्यानल मा अपलोड गर्दै आएका छन् ।
यो समचार तयार पर्दा सम्मको गणनामा उनको युट्युव च्याल Murliwale Hauslaमा सब्स्क्राईबर छन् ।
मुरलीवाला सोमबार पनि सर्प उद्धारका लागि भारतकै एक सथानमा सर्प पुगेका हुन ।
उक्त स्थानमा जालीमा अड्किएको गोबन सर्प उद्धारका लागि जाली काट्ने प्रयास गर्दैगर्दा अचानक उनलाई टोकेको थियो ।
गोबन सर्प जुन अतिनै विषलु हुन्छ । यस प्रजातीको सर्पमा न्युरोटक्सीक भेनम हुन्छ । टोकेको केही समयमै व्रेण्डमा असर पर्ने , बमिट हुने र होस हराउने क्रम हुन्छ । तत्काल अस्पतल पुगेर उपचार नगरे न्यान जोगिन सक्दैन ।
सर्प उद्धारकै क्रममा सर्पको टोकाइमा परेका हौशलाले सर्प उद्धारगरिसकेर मात्र उपचारका लागि अस्पताल तर्फ लागेका थिए ।
उक्त स्थानबाट अस्पताल तत्काल जाने प्रयास गर्दा गाडीनै स्टाट नभएर समस्यामा परेको र स्थानीयलेनै मोटरसाइलमा राखेर करिब ४८ मिनेटको समयमा अस्पताल पुर्याएका थिए ।
उनलाई उनकै सहकर्मीहरु सहित अस्पताल पुग्दा सम्म उनको अवस्था नाजुक बनेको थियो । तत्काल १२ भाइल एनटी भेनम चढाएपनि अवस्थामा सुधार आएको थिएन । उनका शुभचिन्तक, आफन्त लगायतले शुभकामना सन्देशहरु पठाउने क्रमसंगै डा.स्वास्थ्यकर्मीहरुको उपचार प्रयासमा करिब २४ घण्टापछि हौशला होशमा आएका हुन् ।
होशमा आएसंगै उनले डा. स्वास्थ्यकर्मीको अथाहा प्रयास, हरेक व्यक्तीको हौशला, माया, आर्शीवादका कारण सर्प उद्धारकर्ता हौशलाको जिवन रक्षा भएको सञ्चारर्मीहरुसंगै बताएका छन् । अहिले स्वास्थमा सुधार सूभएको र सबैको आभारी रहेको बताएका हुन् ।
उनको उचार भने जारी छ ।
प्रतिक्रिया दिनुहोस्