चैत ८ गतेदेखि नेपाली चलचित्र ‘द्रोपदी’ ‘११:५५ – डु नट ट्रस्ट एनि वन’ प्रदर्शनको तयारीमा छ ।
पछिल्लो समय आशा बोकेका नेपाली चलचित्र धमाधम प्रर्दशन भइरहेका छन् । नेपाली चलचित्रहरु ‘अन्जिला’आउटल : दफा २१९ प्रर्दशन भइरहेको छ ।

……………………………………………………………………………………………………

हेटौंडामा हेर्न चाहनेहरुका  NS cinemas, Narayani Mall Hetauda -4

लागि थप जानकारी लिन   057-520949

………………………………………………………………………………………………….

त्यस्तैगरि चैत्र १ गतेदेखि चलत्रि “राजागंग” यस अघिनै प्रर्दशनमा आएको “होस्टेल ३” भने दर्शमाझ चम्किरहेकै छ ।

यही विच शुक्रबार देखि चलचित्र प्रर्दशनी भिडन्तमा थपिने भएकाछन् । ‘द्रोपदी’  ‘११:५५ – डु नट ट्रस्ट एनि वन’ 

दर्शकहरुले कुन फिल्मलाई अधिक मनपराउछन् त्यो भने प्रदर्शनमा आएपछि मात्र थाहा हुन्छ ।

‘द्रोपदी’ ऋषि आचार्यको निर्देशन रहेको छ ।प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा छन् । फिल्मलाई मोहनकुमार झिल्लुले छायांकन गरेका हुन् ।
कर्णाली भेगको जिवनशैली र सोस्थानका बासिन्दाले भोगेको समस्या, र नारी संवेदनालाई बिषय बनाएर निर्माण गरिएको मान्न सकिन्छ । चलचित्रमा डोल्पाको सेफोक्सुण्डो ताल र त्यहाँका गाउँहरूलगायत विभिन्न रमणीय स्थलहरूको दृष्य कैद गरेसंगै नेपालकै भूभागको कथा समेटिएको देखएको र भलचित्र उत्कृष्ट भएको अन्मान गर्न सकिन्छ ।

द्रोपदी’ नाम सुन्दा महाभारतकी प्रमुख पात्र द्रोपदी हो भन्ने लाग्न सक्ने भएकाले द्रोपदी नामकी महिला पात्रमा केन्द्रित भएको र
धार्मिक फिल्म नभएको बताइएको छ । ।

ऋषिराज सहित आश्विनी शाही, रवि ओड, कविराज भाम, सुजाता तिमल्सेना, विष्णु ठडराई, जेल्सन अधिकारी, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतले अभिनय गरेका छन् ।
गायक रवि ओडले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा रवि ओडकै संगीत, विष्णु ठडराईको कोरियोग्राफी रहेको छ ।

कुरा गरौं  ‘११:५५ – डु नट ट्रस्ट एनि वन’ को ।

केशव पाण्डेको निर्देशन रहेको फिल्म ‘११स:५५ – डु नट ट्रस्ट एनि वन’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट वयस्क ९एडल्ट० प्रमाणपत्र पाएको छ । फिल्मको पटकथा लेखन पाण्डेकै रहेको छ ।

विचित फिल्मस् र गुड जब आट्र्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका हुन् ।

२ घण्टा १७ मिनेटको रनटाइम तय गरिदिएर १६ वर्ष उमेर पुरा गरेका दर्शकले मात्र यो फिल्म हेर्न पाउने जनाइएको हो ।

श्रीमान र श्रीमतीको अलग अफेयर अनि रातको ११ः५५ बजे भएको एक हत्याको वरिपरि फिल्मको कथा घुमेको र बदला अनि कुनै योजनामा रहेको सस्पेन्स क्राइम थ्रिलर जनरामा निर्माण भएको हो ।

फिल्मबाट सागर खनालले अभिनयमा डेब्यु गरेका छन् । साथमा महेश त्रिपाठी,सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको नृत्य, देव महर्जनको एक्सन कोरियोग्राफी रहेको छ । राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्यम्न मिश्र र रामशरण उप्रेतीको छायांकन, , पासाङदावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले निर्माण नियन्त्रकमा छन्।

दुबै फिल्मलाई रातो समाचारको हार्दि शुभकामना ।