कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।
कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।
एक पटकमा ५० जनासम्म बिरामीलाई सेवादिन सकिने यस अक्सिजन प्लान्टबाट प्रतिसेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपत्हरूबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा खुसी भएको बताइन्।
त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ।
कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्यक्षेत्रमा भएको संकटलाई सम्बोधन गरी पूर्वाधारलाई बलियो बनाउन ठूलो मदत गर्ने मनमोहन अस्पतालले जनाएको छ।
नागरिक न्युजबाट साभारछ ।



















प्रतिक्रिया दिनुहोस्