मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर -५, निवासी सामाजिक अभियान्ताका रुपमा परिचय बनाएका विशालराज महतले देशभित्र अनियमितता, भ्रष्टाचार र बेथिति क्यान्सर झैँ फैलिएर चेतनाको हत्या र वैकल्पिकताको भ्रम छरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल आफ्नो फेशबुकमा लेख्दै संगठन भित्र रहेपछि गलतलाई गलत भन्न सक्नुपर्नेमा त्यो संस्कार हराउँदै गएको अभिव्यक्ती दिएका हुन् ।

उनले वैकल्पिक भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू फरक भएको दाबी गर्दैगर्दा आगामी फागुन २१ मा हुन गएरहेको प्रतिनीधिसभा निर्वाचनका लागिउम्मेदवार छनोट प्रक्रियामा भएको चलखेलले जनताको विश्वासमाथि घात गरेको प्रतिक्रिया दिएका हुन्।

सामाजमा देखिने गलत कार्यको खबरदारी गर्दै दुखि र पिडितको निमित्त आवाज बन्दै समन्वय भूमिकामा सक्रिय रहेका महतलेमानव जाति सर्बश्रेष्ठ प्राणी भएसँगै बुद्धि र विवेक भएतापनि चेतनालाई स्वार्थले ढाकेरशक्तिको दास बन्ने मानसिकता बनाएकोउल्लेख गरेका हुन् ।
मकवानपुरमा नजिकबाट देखिएको यथार्थ यही हो भन्दै पदलाई सेवाको नभएर लाभको पद ठान्ने व्यक्तिहरूलाई टिकट दिएर अगाडि बढाइएको महतको आरोप हो ।
पार्टीभित्रका सदस्यहरू बधाई दिन हतारिएको दृश्यले गर्दा फेरि पनि शक्तिपूजक, दास मानसिकताको झल्को दिएको धाराणा दिएका हुन् ।

विशालराज महत हेटौंडामा रहेको  “सेवा सहयोग र आवाजमा हामी “ नामक गैरनाफामूलक संस्थाका अध्यक्ष समेत हुन् ।

रातो समाचार संवाददाता
थप जानकारी