
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले देशको लोकतन्त्र र राष्ट्रियता माथि खतरा भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल, मकवानपुरद्धारा शनिबार हेटौंडामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर संकटमा फस्दै गएको बताए ।
मुलुकको स्वाधिनताको रक्षा गर्न अंगीकार गर्नुपर्ने परराष्ट्रनीति समेत सरकारले अंगीकार गर्न नसकेको र सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमीशन तन्त्रलाई प्रक्षय दिने कार्य गरेको महासचिव गुरुङको भनाई छ ।
“वर्तमान सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको छ ।संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि नै हमला भएको छ । विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टचार विरोधी अभियानलाई रातारात उल्टाउने काम गरेको हो ” महासचिव गुरुङले भने।
प्रेस सेन्टर नेपाल, मकवानपुर अध्यक्ष एमपी शर्माको सभाध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य कुमारी मोक्तान, रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी,प्रदेश सचिवालय सदस्य एवम् जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान ‘ज्वाला’, फ्र्याक्सन इन्चार्ज ललित घलान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य मनोज शर्मा ढोडारी लगायत बिभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्