मकवानपुर उद्योग वाणिज्य संघको आसन्न संघको आगामी पौष २४ गतै ५८ औँ साधारण सभा र २७ गते हुने निर्वाचनका लागि व्यवसायीहरुले तयारी गरिरहेका छन् ।
चोकचोकमा को कसको समुह जिताउने भनेर गन्थनमन्थन समेत चलिरहेको छ ।
व्यवसायीलाई समेट्दै व्यवसायीमा पर्ने समस्या समाधाननै प्रमुख लक्ष्य रहेको बताउदै मकवानपुरका व्यवसायीहरुले बिभिन्न पदमा उम्मेदवारी दिने पक्का भएको हो ।
आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटले अध्यक्षको उम्मेदवारी घोषणा गरिसेका छन् ।
यसै विच मकवानपुरमा रहेर व्यवसायमा रहेका महेन्द्र राउतले पनि अध्यक्ष पदमा भिड्ने संकेत दिएका छन् ।
उनले सामाजिक सञ्जाल आफ्नो फेशबुकमा (२०८१ पुस २४- २७ गते हुन गईरहेको मउवा संघको निर्वाचनमा अध्यक्ष पदको सन्दर्भमा धेरै भन्दा धेरै व्यवसायी, शुभचिन्तक र साथीहरूको आग्रहलाई सोच्न वाध्य भएको छु ? )
अध्यक्ष पदमा भिड्ने पक्का भएको मान्न सकिन्छ ।हरेक समय व्यवसायमा परेको संकटमा समाधानकै खोजीमा लागिरहेको र व्यवसायीकै लागि आफु अध्यक्ष बन्ने तयारीमा जुटेको महेन्द्र राउत बताउछन् ।
मकवानपुरे उद्यमी र व्यवसाय माझमै रहेर संघमा महासचिवभएर काम समेत गरिसकेको अनुभवले व्यवसायीहरुको हरेक पिडा समस्याहरु नियालेको सुनाए । व्यवसायीको समस्या तथा राय र सुझाव संकलन गरिरहेको र व्यवसायीहरुकै सुझाव, चाहानाले महेन्द्र राउत खेजिएको उनको भनाई छ ।
हेटौंडाको कान्तिराजपथमा न्यु राउत ईलोक्ट्रोनिक्स बाट सुरु गरेर हेटौँडा ४ खोपेगल्लीमा रहेर जम्बो हाउस सम्म आइपुगेको व्यक्ती ‘राउत भन्छन् ” व्यवसायीकरुको पिडालाई मैले नजिकबाट बुझेको छु । व्यवसायमा बिताएकै ३ दशक भयो। मउवा संघको निर्वाचनमा कृष्ण कटुवाल र म अध्यक्ष पदमा उम्मेदवार बनेका थियौँ । केही मतले म पराजित भएपनि व्यवसायीको मनबाट पराजित भएको होइन । हालको अवस्थामा सल्लाहकार समेत रहेरहेको छु । त्यस समय मलाई अत्याधिक मत दिएका व्यवसायीलाई सम्मान गर्न चाहान्छु । पराजित भएपनि व्यवसायीहरुको आवाज बन्न छाडिन । विश्वभरि फैलिरहेको कोरोना भाइरस नियन्त्रकालागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाले व्यवसाय गर्नेहरुमा परेको समस्यामा पनि आवाज उठाएकै हो।”
हरेक समय बिभिन्न कारणले व्यवसाय नै मारमा पर्ने भएसंगै बैंकको व्याज वृद्धि, आयकर वृद्धि लगायत अनेकौँ समस्या पर्दा सम्बन्धितसंग पुगरिहेको उनको भनाइ छ ।
व्यवसायीहरुको समस्याको विषयमा गहन अध्यन समेत गर्दै आएको र पदमा नरहँदा आवाज बन्न र अनुरोध मात्र गर्न सक्ने भएकाले पदमा पुगेमा काम गर्ने बाटो बन्ने भएकाले अघि बढेको राउत बताउछन् ।
व्यवसायीरुको माया, साथ र सुझाव पाइरहेका कारण व्यवसायिक हितको एजेण्डा कार्यान्वयनको चरणमा पुर्याउन लक्ष्य लिएको र सबैको साथ र सहयोग प्राप्त गर्ने विश्वास छ। “राउत भन्छन् ।”
………………….
रानाभाट , अग्रवाल र अध्यक्षमा भिड्न थपिएका राउतका कारण चुनावी माहोल ततिने देखिएको छ । अघिल्लो समय पनि महेन्द्र राउत, कृष्ण अग्रवाल र राजकुमार न्यौपानेको भिडन्तको चर्चा चुलिएको थियो।त्यस समय महेन्द्र राउत सर्मथक भएर कृष्ण को सर्मथनमा गएका थिए। त्यस समय पराजित भएका राज कुमार न्यौपाने यस पटक अनिल अग्रवालको सर्मथक बनेका छन् । रानभाटको पक्षमा पनि बिभिन्न व्यक्तहिरु खटिएका छन् । यता महेन्द्र राउत पनि अध्यक्ष बन्न कसिएका हुन् ।
निर्वाचन हुँदा सम्म त्रिपक्ष भिडन्त हुन्छ या सहमती हुन्छ , त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्