
रोशन दिप – वीलभयू फाउन्डेसनद्वारा मधेश प्रदेशको जीतपुर सिमरामा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
६९२ औँ विश्वव्यापी बृहत् रक्तदान अभियान मधेस प्रदेशको जितपुर सिमरा स्थित एवरग्रीन तराई सिमरा अस्पतालको सभाहलमा बुधबार देशैभरी बाट करीब ३०० जना सदस्यहरुको सहभागीतामा गरिएको हो ।
रक्तदान अभियान’मा बीरगञ्ज, हेटौडा, बस्तीपुर, चपुर, हरिवन, बर्दिबास, सिन्धुली लगाएत विभिन्न ठाउँबाट वीलभयू सदस्यहरू सहभागी भए।
१५९ जना सदस्यले रक्तदान गरेको कार्यक्रम रगत अभावका कारण जोखिममा परेका मानिसहरूको जीवन बचाउने उद्देश्यले गरिएको हो ।
यसअघि सातै प्रदेशमा वीलभयूले रक्तदान अभियान सम्पन्न गराइसकेको छ ।
वीलभयूले कोभिड १९का कारण जोखिममा परेकालाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम गरे सँगै शैक्षिक विकासका लागि पनि पहल कदम चलाउदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्