हेटौंडा । विश्व वातावरण दिवसको अवसर पारेर हेटौडा उपमहानगरपालिकाको टोली विकास नगर समन्वय समितिले सर्प उद्दारकर्ता राजेश थापा गरिबलाई सम्मान गरेको छ ।
शुक्रबार विश्व वातावरण दिवसको सप्ताविक कार्यक्रमको समापनको अवसरमा वातावरण संरक्षणको लागि सर्प उद्धार कार्यमा सक्रिय भएको भन्दै सम्मानपत्र प्रदान गरिएको हो ।
४ दिन अघि बकैया र बागमतीको सिमानामा किङ कोब्राको उद्दारको क्रममा राजेश गरिबलाई किङ्ग कोब्राले टोकेपछि उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको सम्मान पत्र उनका छोरा रोशन थापा दीपले ग्रहण गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले र सस्थाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
रातो समाचार संवाददाता
थप जानकारी