वरिष्ठ पत्रकार दिलभूषण पाठक ।

हेटौंडा । नेकपा (माओवादी) निकट प्रेस संगठन प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि गम्भीर प्रहार हुने गरी न्यायलयले दिएको आदेश र पत्रकार पक्राउ गर्न पुर्जी जारी भएको घटनाप्रति आपत्ती जनाएको छ । मंगलबार नेपालखबर डटकम र बिजमाण्डू डटकममा अनलाइनमा प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश प्रति प्रेस सेन्टर नेपालले आपत्ती जनाएको हो । बुधबार पे्रस सेन्टरका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ती जारी गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्नका लागि पक्राउ पूर्जी लिनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन रहेको जानकारी गराएका छन् ।

सञ्चार माध्ययममा आएको समाचारका विषयमा चित्त नबुझेमा वा अन्याय भएको महशुस गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्टता भएपनि काठमाडौं अदालतले पक्राउ पूर्जी जारी गरेर प्रेस स्वतन्त्रताको हन्न गरेको महासचिव मनोज घर्ती मगरले बताए । प्रेस काउन्सीप भएपनि अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानूनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् हो–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वतन्त्र न्यायलयबाट पटक–पटक यस प्रकारको आदेश हुनु, समाचार प्रशारण गरेकै कारण पत्रकारलाई पक्राउ गर्न पुर्जी लिनुलाई संयोगमात्रै मान्न नसकिने बताइएको छ । उक्त कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई उल्टाउने षड्यन्त्र गरको र उक्त कार्यको जिम्मा वर्तमान सरकार, गृहमन्त्री र गृह प्रशासनले लिनुपर्ने बताइएको छ । प्रेस सेन्टरले वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउको तयारीबाट पछि हट्न सरकारसँग आग्रह गर्दै प्रेस स्वतन्त्रता र राजनीतिक उपलब्धि रक्षाका लागि जस्तो सुकै संघर्ष गर्न प्रेस सेन्टर तयार रहेको जनाइएको छ ।

 

रातो समाचार संवाददाता
थप जानकारी