बागमती प्रदेश सांसद तथा वन तथा वातावरण बिभाग प्रमुख  भारती पाठकले वनक्षेत्र काठ हो भन्ने बुझाइले स्रोतहरुलाई उत्पादनसंग जोड्न नसकेको बताएकी छिन् ।

ग्रिन फाउण्डेसन नेपालद्धारा आयोजित उद्यमशीलता विकास र सम्भावाना विषयक पत्रकारसंगको अन्तरक्रियामा यस्तो बताएकी हुन् ।

उनले आम्दानी स्रोतको बिकल्प बिना  सामुदायिक वनको काष्ठ बिक्रि वितरण गर्न २० प्रतिशत राज्वस्व लगाईने उल्लेख गरिएको अवस्थामा यसो गर्ने नै हो भने काष्ठबाट उत्पादित सामाग्री प्रसोधन गरी ठूला उद्योग खोलेर नियमनन गरी राज्स्व संकलन गरिने भन्न सक्नुपर्ने बताइन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउन्डेशनको सहकार्यमा सामुदायिक वन समुहहरुसंग समन्वय र सहकार्य गर्ने कार्य भैरहेको जानकारी दिदै  काष्टजन्य वन पैदावार जडिबुटी प्रशोधन गरी उद्योग सञ्चालन गरी नियम अनुसार राज्वस्व लिइने भन्न सक्नुपर्ने सुनाइन् ।

स्वदेशी वस्तु उत्पादनमा विषेश जोड दिने उदेश्यले २०६४ सालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल एक सामुदायिक वन एक उद्यमको अवधारणा अगाडी बढाएको जानकारी दिइन् ।

सामुदायिक वन उपभोक्ता समुहहरुसंग सहकार्य गरी ग्रिन फाउन्डेशन नेपालले कृषि वनमा आधारित उद्यमीहरु तयार गर्ने कार्य गर्दै आएको बताइन् ।

देशभरीका ४ हजार जति वन समुहहरुमा वनमा आधारित साना उद्यमहरु संचालित रहेसंगै सबै साना उद्यमहरु एउटै प्रकृतिका नरहेको उल्लेख गरिन् ।

उक्त कार्यक्रममा ग्रिन फाउन्डेसन कोषाध्यक्ष आरती पाठक सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।