रोशन दिप – विश्वव्यापी रुपमै हरेक वर्ष १० नोभेम्बर देखि २५ डिसेम्बर सम्म लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइने गरिएको छ । जस अन्तरगत हेटौडामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै बागमती प्रदेशको राजधानी हेटौडामा लैङ्गिक हिंसा विरुद्धको सुरु गर्ने भएको छ ।

हेटौडा १० स्थित बुद्धचोकमा सोमबार दिप प्रज्वलन कार्यक्रम गरिएको बताउँदै सबै खाले हिंसा नियुुनिकरण गर्ने उद्देश्यले अभियान चलाइएको गैर सरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जानकारी गराएकी छन् ।

निजी, सरकारी तथा गैर सरकारी लगाएत सबै सामाजिक संस्थाहरुसँग समन्वय गरेर विहिवार देखि मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा र पूर्वी भेगमा रहेको बकैया गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम, विभिन्न स्कुुलमा विभिन्न प्रतियोगिता गराउने, दृष्टिविहिन बालबालिकाकालाई जाडोमा शरिर ढाक्नको लागी लागि न्यानो कपडा वितरण, हेटौडाका चोक चोकमा विभिन्न सन्देशमुुलक कार्यक्रम लगाएत थुप्रै कार्यहरु गरिने छ ।