
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले ३० किलोग्राम लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर–८ की लालमाया तामाङ रहेकी छिन् ।
विशेष सूचनाको आधारमा हेटौंडा–१०,स्थित वसपार्कमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको खबर प्राप्त हुन साथ प्रहरी निरीक्षक विश्म्भर नाथ साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जानलाई रोकेर राखेको बा.प्र.०३–०१ ज ९७४ नं. को इभी गाडीमा सवार भई आएकी तामाङको सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ । लागुऔषध गाँजा सहित तामाङलाई नियन्त्रणमा लिई प्रहरी अनुसनधान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्