बिद्यालका छात्राहरुलाई रोटरी क्लब अफ मकवानपुरले हस्त निर्मित सेनेटरी प्याड वितरण गरेको छ । भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित श्री कृष्ण माध्यमिक विद्यालय भैसेमा रोटरी मकवानपुरको आयोजना, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्ड र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा हस्त निर्मित सेनेटरी प्याड वितरण गरिएको हो ।

 

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा नेगिको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा कक्षा ८ देखि १० सम्मका ८७ जना छात्राहरूलाई प्याड वितरण गरिएको हो। हातले बनाएको प्याडहरु भएकाले राम्रोसँग सफा गरी पुनः प्रयोग गर्न सकिने लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठले बताईन्।

कार्यक्रम लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठ, विद्यालयका प्रध्यानाध्यापक कृष्ण लाल श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष विजयलाल श्रेष्ठ, कविन साङ्गामी, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राई लगायतको उपस्थिति रहेकोे थियो ।