मकवानपुर ।  हेटौँडा १५  रातोमाटे चेकपोष्टमा खटिएको  प्रहरी  टोलीले लागुऔषध डायलेक्स र नाइट्रोभेट सहित छुट्टाछुट्टै समयमा एकै दिनमा  २ भारतिय नागरिक सहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा  पथलैया बाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ९४५० नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको १७३ बोतल लागुऔषध DIALEX-DC सहित २ जनालाई आज अप्राहन्न १३ः४८ मिनेटमा  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिंहार रक्सौल पुर्वी चम्पारण बस्ने वर्ष ३० को अरविन्द कुमार पाण्डे र उक्त अटोमा सवार देश भारत बिहार रक्सौल बस्ने वर्ष २६ की अमिता साह रहेका छन् ।

६०० ट्याब्लेट लागुऔषध नाईट्राभेट सहित ४ जना मानिस नियन्त्रणमा

रातोमाटे चेकपोष्ट अगाडी सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ५३०९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रहेको  चितवन-कालिका नगरपालिका वडा नं.०८ बस्ने २१ वर्षका उत्सव भन्ने एन्जल गुरुङ  १८वर्षका निश्चल परियार र भरतपुर महानगरपालिका वडा नं. १६ बस्ने ३३वर्षका नर बहादुर राना मगर सोही स्थानका २८ वर्षका युवराज गुरुङलाई लागुऔषध नाईट्राभेट ६सय ट्याब्लेट फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुका विषयमा मकवानपुर जिल्ला अदालतबाट दिन १० म्याद लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।