रुसले मगंलबार विहानदेखि गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको छ ।
युक्रेन छोड्न चाहने युक्रेनी शरणार्थीहरुलाई आफूलाई पायक पर्ने देशमा जान सक्ने कुरालाई पनि रुसले जोड दिएको अलजजिराले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र संघको लागि रुसी राजदुत भासिले नेबेन्चियाले मगंलबार राजधानी मस्कोको स्थानीय समाचार अनुसार १० बजेदेखि युद्धविराम जारी हुने बताउनुभएको हो ।
राजधानी किभ, चेर्निगोभ, सुमी र मारियापोलबाट मानवीय कोरिडर निर्माण गरी छिमेकी देशसम्म सुरक्षित रुपमा शरणार्थीहरुले जान पाउने भएका छन् ।

–रूसी सेनाकाे नियन्त्रणमा रहेका क्षेत्रहरू

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र बेलारुसलाई शत्रुहरुको देश भन्दै युक्रेनी जनता ती मुलुकमा जानपाउने प्रस्तावमाथि प्रतिबन्ध लगाउनुभएको थियो ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा बोल्नुहुँदै रुसमा शरणार्थी पठाउनुपर्ने कुनै आवश्यकता नभएको जिकिर गर्नुहुँदै सो प्रस्ताव मान्नुभएको थिएन ।

रुसी राजदुत भासिले नेबेन्चियाले भन्नुभयो, ‘राजधानी किभ भन्दा पश्चिममा रहेका शहरहरुमा रहेका युक्रेनी जनतालाई सुरक्षित रुपमा देश छाड्न पाउने प्रस्ताव राख्दछु, र युक्रेनी जनताको इच्छा अनुसार जहाँ पायक र इच्छा लाग्छ, त्यहाँ जान पाउँछ ।’

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो