रुसले अत्यधिक मात्रामा दक्षिणपूर्वी शहर मेरिपोलमा हमला गरेपछि पुनः आंशिक रुपमा युद्धविराम भएको मेरिपाेल काउन्सिलले जनाएकाे छ ।

साढे चारलाख जनसङ्ख्या रहेको यस बन्दरगाह शहर रुस र क्रिमियाबीचको जमिनी बाटोमा पर्ने रणनीतिक शहर हो ।

स्थानीय समय अनुसार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म त्यहाँ फसेका गैरसैनिक व्यक्तिहरु शहर छाड्न पाउनेछन् ।

बीबीसीका अनुसार बिहान १२ बजेदेखि निर्धारित बाटोबाट गैरसैनिकहरुले शहर छाड्न सक्नेछन् ।

हिजो शनिबार पनि आंशिक रुपमा युद्धविराम भए पनि दुईतर्फी गोलाबारी भएपछि भङ्ग भएको थियो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो