सोमबार भएको वर्षाको कारण पानी जमेर प्रभावित परेको पिप्ले-क्याम्पा रङ्गशालाको खेल मैदान । फाइल तस्वीर

हेटौंडा । नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारका दुई खेल वर्षाको कारणले स्थगित गरिएको छ । हेटौंडा–५,पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने भनिएको बुधबारको दुई खेल भारी वर्षाको कारणले मैदान जमेर स्थगित गर्नुपरेको नगर खेलकुदका सदस्य विजय गौतमे बताए । बुधबार हेटौंडा–५ र हेटौंडा–१५ बीच हुन भनिएको पहिलो खेल स्थगित गरिएको छ भने हेटौंडा–१२ र हेटौंडा–१७ बीच हुन भनिएको खेला स्थगित गरिएको छ ।

उक्त खेललाई भोलि बिहिबार सञ्चालन गर्ने सदस्य गौतमले बताए । सोमबार भएको वार्षाको कारणले पनि दुई समूहको खेल स्थगित गर्नुपरेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।