हेटौंडा । हेटौंडामा जारी ५ औँ मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा-१५ अन्तिम ८ मा प्रवेश गरेको छ । बिहिबार हेटौंडा-५,स्थित पिप्ले-क्याम्पा रङ्गशालामा भएको खेलमा हेटौंडा-५ लाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै हेटौंडा-१५ अन्तिम ८ मा प्रवेश गरेको हो ।

निधारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच हेटौंडा-१५ क गोलरक्षक सन्देश मगर घोषित भएका छन् ।प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा हेटौंडा-१२ र हेटौंडा-१७ बीच प्रतिस्पर्धा भइरहेको हेटौंडा उपमहानगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।