हेटौंडा। हरियो वन नेपालको धन, वन र वन्यजन्तु सुरक्षित रहे सम्म पृथ्वीमा जन्मिएको हरेक प्राणिको सुरक्षा हुन्छ । किनकी एकअर्काको जिवन संग हरेक प्राणि देखि वन्यजन्तु र वनस्पतीहरु जेडिएका हुन्छन् ।
पृथ्वीमा जन्मिएपछि मानिस होस या त जीवजन्तु नै होस प्राकृतिक दृष्टिकोणले हेर्दा सबैको आफ्नो भूमिका निर्वाह हुन्छ र सबै आफ्नो आफ्नै प्रकारको विशेषता हुन्छ ।
वन्यजन्तु संरक्षण क्षेत्र बाहिर आउँदा धेरै नजिक आउँदा मानिसहरु र वन्यजन्तुबीचको द्वन्द्व बढ्न सक्छ त्यसैले यसको संरक्षण गर्न हरेक नागरिकको भूमिका आवश्यक रहेको वन कार्यालयले जानकारी गराँउदै आएको छ ।
बाघ, भालु,हाती,गैंडा, सर्प, भ्यागुता, अजिंगर, गोही बिभिन्न पशुपंछी लगायतका जीवहरुले प्रकृतिमा आ–आफ्नो भूमिका निर्वाह गरेको हुन्छ ।
त्यसैले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु उद्धार, वन डढेलोको उजुरी व्यवस्थापनका लागि २४ घण्टा सञ्चालन हुने टोल–फ्री नम्बर १८१०५०००१९३ सञ्चालनमा ल्याइएको छ । उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने डिभिजन वनले जानकारी दिँदै आएको हो ।
यो सँगै डिभिजन वन कार्यालय मकवानपुरले पनि आफ्नो क्षेत्राधिकार भित्र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र संरक्षित क्षेत्र बाहिर मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापनका लागि विशेष भूमिका निर्वाह र प्रयासहरु गर्दै आएको छ ।
जैविक विविधताका लागि वन्यजन्तुको सुरक्षा गर्नुपर्छ भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय मकवानपुरले चलाएको वन्य जन्तुको द्वन्द्ध व्यवस्थापन दुबैको सुरक्षा गर्नका लागि भूमिका निर्वाह अभियानमा सवडिभिन र सामुदायिक बनले पनि महत्वपुर्ण भूमिका खेल्दै आएको जनाएको छ ।
डिभिजन वन मकवानपुरकै नेतृत्वमा ८ वटा सवडिभिजन वन र त्यसकै मताहातमा २११ वटा सामुदायिक वन रहेको र संरक्षण क्षेत्र बाहिर वन्यजन्तहरू मानव बस्ती नजिक आउँदा द्वन्द्व बढ्न सक्ने भएकोले न्युनिकरणमा भूमिका खेल्दै आएको जनाएको छ ।
………………………………………………………………………………………………….
बागमती र मधेश प्रदेशका छ वटा डिभिजन वन कार्यालय तथा पर्सा राष्ट्रिय निकुञ्ज सम्म सेवा विस्तार गर्ने तयारी गरिएको जनाएको हो ।
भौगोलिक विगटताको कारण गर्न खोजेको कामहरुमा अपेक्षा अनुसारको प्रगति हासिल नभएको अवस्थामा वन्यजन्तु उद्धार नियन्त्रणका लागि कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरेर माथिल्लो निकाय र संरक्षित संघ संस्थाहरुसँगको सहकार्यमा उपकरण तथा स्रोत साधनको सहयोग पाएमा कार्यालयलाई थप सहयोग पुग्ने बताइएको हो ।


हेटौंडा –१० स्थित न्युरेनी सिसौ घारीमा रहेको सशस्त्र वन सुरक्षा शाखा नजिकै सामुदायिक वन स्रोत तथा सूचना केन्द्र भवन निर्माण कार्य समेत अघि सरेको छ ।
भुटनदेवि सामुदायिक वन उपभोक्ता समुहको भवन जिर्ण भएको अवस्थामा डिभिजन वन कार्यालय हेटौंडा मार्फत वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८२ र ०८३ को विनियोजित बजेट रकम १५लाख प्रदान भएकोे बताइएको हो ।
३ तले डिपिआर सहित निर्माण भइ रहेको स्रोत तथा सूचना केन्द्र निर्माण सम्पन्न पश्चात स्थानीय स्रोत साधनमा सिपमुलक तालीम रोजगार सृजना गर्ने सामुदायिक वनसंग सम्बन्धित कार्यक्रम तालिम ट्रेडिङ हल सहितको भवन हुने डिभिजन बनले जानकारी गराएको हो ।
वन्यजन्तु संरक्षण, उद्धार तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पछिल्ला तीन वर्षयता विभिन्न कार्यक्रम वन्यजन्तु संरक्षण दिवस, वन्यजन्तु सप्ताह, सालक दिवस लगायतका सचेतनामूलक कार्यक्रम मार्फत युवाको सहभागिता बढाउने कार्य गरिरहेको डिभिजन वन मकवानपुरका वन अधिकृत हेम कुमार पाठकले बताएका छन् ।

त्यस्तैगरि सालक संरक्षणका लागि चुच्चेखोला र रानी सामुदायिक वन क्षेत्रमा प्राकृतिक संरक्षण केन्द्र स्थापना, घाँसे मैदान व्यवस्थापन तथा वन विज्ञान अध्ययन संस्थानभित्रको वन क्षेत्र संरक्षणका काम अघि बढाइएको पाठकले बताएका हुन् ।
वन्यजन्तुको गतिविधि तथा सम्भावित घटनाको निगरानीका लागि चारवटा क्यामरा ट्र्याप र ड्रोन क्यामराको व्यवस्था हिंसक मानेको वन्यजन्तु नियन्त्रणका लागि यसै वर्ष दुईवटा ट्र्यापिङ खोर निर्माण गरिएको बताए ।
साथै वन्यजन्तु अपराध सम्बन्धी घटनाको अनुसन्धान तथा निगरानी कार्यलाई समेत प्रभावकारी बनाउँदै वन्यजन्तु संरक्षित दिवस, सप्ताहिक कार्यक्रममार्फत सचेतना र युवाको सहभागिता कार्यक्रम सञ्चालन गरेको उनले बताए । विगत ३ वर्षको अवधीमा १५२ वटा विभिन्न वन्यजन्तुको उद्धार भएको छ ।
बाघ, चितुवा, मृग, सालक, अजिङगर सर्प, मानव वस्तीमा पसेको बिभिन्न विषालु सर्पहरु समेत उद्धार गरिएको पाठकले बताएका हुन् । वन्यजन्तुको संरक्षणका लागि नियमित गस्ती तथा अनुगमन, सामुदायिक तथा राष्ट्रिय वनको व्यवस्थापन, घाँसे मैदानको व्यवस्थापन, वनजन्तु सम्बन्धीको अपराधिक घटनाको छानबीन गर्दै व्यवस्थापन, घाइते जनावहरुको उपचार गर्दै उद्दारका लागि सम्बन्धीत निकायसँग छलफल गर्ने गरेको बताए ।
वन्यजन्तुको पानीपोखरी निर्माण, वन्यजन्तुको बासस्थान संरक्षणका लागि गर्मी मौसममा बिभिन्न कारणबाट हुने वन डँडेलो नियन्त्रणका लागि पूर्व तयारी कार्य अन्तर्गत १३ हेक्टर क्षेत्रफल ओगटने माइकेनिया अग्निरेखा निर्माण लगायतका प्रजनशील पदार्थ संकलन गरिएको छ । सरसफाइ तथा मिचाहा प्रजाति नियन्त्रण अघिल्लो आर्थिक वर्षमा १३ हेक्टर र चालु आर्थिक वर्षमा १० हेक्टर क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रण कार्य जारी राखेको पाठकले जानकारी दिए ।
स्थानीय सरकार र सम्बन्धीत निकायसँगको सहकार्यमा वन्यजन्तुको सुरक्षाका लागि आर्थिक वर्षमा वन्यजन्तु उद्धारकेन्द्र निर्माण हुँदै रहेको अवस्थासंगै वन्यजन्तु एम्बुलेन्सका लागि बजेट अपुग रहेको जानकारी दिए ।
चुरेको क्षेत्रमा ३ वर्षमा ५४ वटा पोखरी निर्माण भएको र संरक्षित क्षेत्र बाहिर निगरानी फितलो भएमा अवैध शिकार र वन्य जन्तुको तस्कर बढ्ने भएकाले विशेष निगरानी गर्ने गरेको इन्धन बजेट, ट्र्याकिङ क्यामेरा, डाटगन तथा अन्य आवश्यक उपकरण र सहयोग प्राप्त भई वन कर्मचारीहरूलाइ वन्यजन्तु उद्धार, नियन्त्रण तथा अनुगमन सम्बन्धी तालिम आवश्यक रहेको पाठकले बताएका हुन् ।
वन्यजन्तु उद्धारमा सर्वसाधारण उद्धारकर्ताको रोस्टर निर्माण सँगै सर्प उद्धार कार्यलाई समेत व्यवस्थित बनाउन थप सहयोग आवश्यक रहेको पाठक बताउँछन्।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, संरक्षण, सहअस्तित्व आवाश्यक: प्रमुख राकेश कुमार चन्द्रवंसी

वन क्षेत्र नजिक रहेका मानव बस्तीमा वन्यजन्तु प्रवेश गर्ने क्रम बढ्दै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्वका घटना पनि बढिरहेको डिभिजन वन हेटौंडाका प्रमुख राकेश कुमार चन्द्रवंसी बताउँछन् ।
वन्यजन्तु मानव बस्तीमा आइपुग्दा दुवै पक्ष एकअर्कासँग डराउने अवस्था सिर्जना हुने भएकाले विभिन्न घटना तथा अप्रिय घटना हुने गरेको बताए ।
मानव र वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुहरूलाई वनमै सुरक्षित रूपमा बस्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेसँगै वन्यजन्तुको आहारा, पानी उचित बासस्थानको व्यवस्थापन गरेर दुवै सुरक्षित राख्ने तर्फ काम गरिरहेको बताए ।
वन क्षेत्र टुक्रिने, जंगल मासिने, बस्ती विस्तार हुने तथा जंगलबीच सडक र ठूला विद्युत् हाइटेन्सन लाइन निर्माण गरिनुले वन्यजन्तुले आफ्नो प्राकृतिक बासस्थानबाट भौतारिदै मानव बस्तीतर्फ पुगिरहेको प्रमुख चन्द्रवंसी बताउँछन् ।
मकवानपुरलाई हेर्दा पूर्वी क्षेत्रमा विशेषगरी चितुवाले कृषकका घरपालुवा जनावर, खसीबोका तथा पाठापाठी मारेर क्षति पु¥याउने गरेको छ । हामीले कृषकहरूलाई क्षतिपूर्ति वितरण गर्ने कार्यसमेत गरेका छौँ । “प्रमुख चन्द्रवंसीले भने”
त्यसैगरी गाउँबस्तीमा प्रवेश गरेका किङ कोब्रा, कोब्रा लगायत विभिन्न विषालु सर्पहरूको उद्धार गरी सुरक्षित रूपमा जंगल क्षेत्रमा छाड्ने कार्य पनि
भइरहेको बताए ।
घाइते वन्यजन्तुको उद्धार, उपचार तथा पुनः उपयुक्त बासस्थानमा फर्काउने नीतिगत योजना समेत रहेको र वन्यजन्तु उद्धार तथा उपचारलाई प्रभावकारी बनाउन वन्यजन्तु उद्धार केन्द्र र उपचार केन्द्र स्थापना गर्ने योजना भए पनि कार्य सम्पन्न नभएको बताए ।
सो केन्द्रमा भेटेरिनरी डाक्टर, स्वास्थ्यकर्मी, वन्यजन्तु ओसारपसारका लागि एम्बुलेन्स तथा उपचार सेवाको व्यवस्था गर्ने लक्ष्य यसै आर्थिक वर्षभित्र पूरा गर्ने तयारी रहेका बताए ।
प्रमुख चन्द्रवंसी भन्छन् वन्यजन्तुहरू पर्यावरणीय सन्तुलन तथा इकोसिस्टमका लागि अत्यन्त महत्वपूर्ण भएकाले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु मुख्य आवश्यकता रहेकाले संरक्षण मानव जीवनकै लागि वन्यजन्तु संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक छ ।
………………………………………………………………………………………………
डिभिजन वन द्धारा गरिएको काम बिवरण

























































प्रतिक्रिया दिनुहोस्