मनहरी गाउँपालिका-१ नम्वर वडा कार्यालयको भवन उद्घाटन भएको छ ।

बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाबाट भएका कार्य सम्पादनबारे जानकारी गराउँदै प्रदेश सांसद् बानियाँको पहलमा मनहरीको विकासका लागि भएका पहलका लागि धन्यवाद दिए ।