मनहरी । पूर्वी मकवानपुरको मनहरी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिरहेको छ । मनहरी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउँदै पालिका बाहिरबाटसँगै विभिन्न बाहिरी जिल्लाबाट आउने मानिसहरुको आर्कषण बढाउने योजना गाउँपालिकाले बनाएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको जिल्ला शाखाले नेपाल पत्रकार महासंघ मकवानपुरको जिल्ला शाखाले आयोजना गरेको पर्यटकीय अवलोकन भ्रमण कार्यक्रममा मकवानपुरे सञ्चारकर्मीसँग बोल्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि सारेको बताएका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकालाई पर्यटकी गन्तव्यको रुपमा अगाडि सारेर वडा नम्बर–८,को गुम्बामा झण्डै ६५ फिट अग्लो विश्वकै ठूलो गौतम बौद्धको मूर्तीदेखि अग्लो भ्यु टावर निर्माण भइरहेको बताएका हुन् । गाउँपालिकाका वासिन्दा भने मध्य अझै वन्य जन्तुबाट क्रसित हुनुपर्ने अवस्था रहेको छ ।

मनहरीको मध्य वर्ग क्षेत्रबाट बाघ, चितुवा जस्ता जनताहरु आउने र मानिस, पशुलाई हानी नोक्सानी पुर्याउने भएकोले अहिले पनि चिन्ता जनतनै अवस्था रहेको छ । नेपालकै अग्लो मध्यको एक पर्ने निर्माणधीन अवस्थामा रहेको गौतम बौद्धको मूर्तीका लागि गाउँपालिकाले  ६ करोड रुपैयाँको बजेट छुट्याइएको उनले बताए । गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले बौद्धको मूर्ती निर्माणका लागि प्रदेश सरकारले पनि ३३ लाख रुपैयाँको बजेट विनियोजन गरेको उनले बताए ।बौद्धको स्तुफाको निर्माण कार्य सम्पन्न भएपछि मनहरी गाउँपालिका पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आय आर्जनमा बृद्धि हुने, पालिकाको विकास हुने र गाउँपालिकाको नाम चल्ने अपेक्षा गरिएको उनले बताए । बौद्धको स्तूफाको निर्माण कार्य यही आर्थिक वर्षभित्र सम्पन्न गरेर उद्धाटन गर्ने लक्ष्य लिएको उनले बताए ।

वडा–८ को गुम्बामा रहेको बौद्धको स्तूफाको निर्माण कार्य सम्पन्न भएर उद्धाटन गरे पश्चात वडामा रहेको आमा घर, पिस पार्क,पोखरी, ऋशेश्वर मन्दिरमा पर्यटकीय चाप बढ्दै घुइचो लाग्ने विश्वास लिएको उनले बताए । गाउँपालिकाले अन्य विभिन्न वडाहरुमा पनि पर्यटकीय आकर्षण बढाउनका लागि अन्य विविध क्रियाकलापहरु पनि गरिरहेको उनको भनाई छ । करिब ७ पहिले नै तत्कालिन समय २०७५ सालमा हाल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गर्दै व्यक्तिगत ५० हजार रुपैयाँ सहयोग गरेर निर्माण कार्यको सुरुवात गरेको उनले बताए ।बौद्ध स्तूफा निर्माण उपभोक्ता समितिका अध्यक्ष गुणराज स्याङ्ताने निर्माण कार्यको लगभग ८० प्रतिशत कार्य पूरा भएर अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।

अध्यक्ष स्याङ्तानले मूर्ती निर्माण लागि मूर्ती निर्माणका लागि प्रदेश सरकारबाट पहिले २० लाख रुपैयाँ, पहिले ३३ लाख रुपैयाँगरी र १० लाख रुपैयाँगरी अहिलेसम्म ५३ लाख रुपैयाँको बजेट प्राप्त भइसकेको बताए । स्तूफाको प्रतिष्ठाका लागि २० लाखको लागतमा महंगा महंगा सामाग्री जडान गरिएको बताउँदै विजया दशमीसम्म यसको उद्धाटन गर्ने उद्देश्यले लिएको उनले बताए ।यस्तै, गाउँपालिकाको वडा–८,स्थित देवकोटमा निर्माणाधीन अवस्थामा रहेको भ्यु टावरको निर्माण कार्यलाई पनि यसै वर्षबाट अगाडि बढाइने उनले बताए । निर्माणाधीन अवस्थामा रहेको भ्यू टावरलाई अग्लो बनाएर गाउँपालिकाको दृश्यमात्र नभई छिमेकी जिल्ला चितवनको दृश्य पनि देख्न सकिनेगरी ५ तल्लाको भ्यु टावरको निर्माण कार्य भइरहेको उनले बताए ।

विशेषगरी वातावरणका लागि उपयुक्त ठाउँमा पर्ने भएकोले गर्मी यामको समयमा शितलताका लागि भएपनि यहाँ आउने सक्ने वातावरणको श्रीजना गरेर पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको उनले बताए ।गाउँपालिकाले बाहिरी पालिका जिल्लाबाट भ्यु टावरमा भ्रमण गर्न आउने पर्यटकीहरुसँग केही रकम संकलन गरेर गाउँपालिकाका वासिन्दाहरुका लागि पनि रोजगारीको अवसर सिर्जना गर्छ भन्ने लक्ष्य लिएर निर्माणको थालनी गरेको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाउँपालिकाले भ्यु टावरमा भ्रमण गर्नका लागि टिकटको प्रणाली लागू गरेर केही आम्दानी गर्न सकेमा आय आर्जनसँगै व्यक्तिहरुले रोजगारी समेत पाउने अवस्थाको सिर्जना हुने विश्वास लिएको उनले बताए ।

भ्यू टावरको संरचनाको कामहरु सम्पन्न भइसकेको तर पूरा निर्माण कार्य सम्पन्न गर्नका यही वर्ष बजेट छुट्याउने उनले बताए । उनका अनुसार भ्यू टावरमा सुरक्षाका लागि घेरा बारा गरेर गर्न, आकर्षक रंग रोगन गर्न र थोरै केही कार्यहरु बाँकी रहेको छ ।गाउँपालिकाको शिक्षा, कृषि र पूर्वाधार सम्वृद्ध गाउँपालिकाका आधार भन्ने मूल नाराका पालिकाबाट निर्वाचित भएर आएको उनले बताए । उनका अनुसार पालिकामा निर्वाचित भएर आएपछि समग्र पालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य सहितको क्षेत्रमा लगानी गर्दै आइरहेको बताएका छन् । गाउँपालिकाले शिक्षाको क्षेत्रमा लगानी गर्दै गर्दा विगतको समयमा भन्दा क्रमिक रुपमा शिक्षामा सुधार आएको उनले बताए । गरिब तथा विपन्न वर्गका परिवारलाई पढाउने व्यवस्थापन गरेको उनको भनाई थियो ।

गाउँपालिका भित्र एम्बीबी एस पढ्ने, इन्जिनियर र नर्स पढ्न इच्छुक विद्यार्थीलाई पनि पढाउने व्यवस्था गाउँपालिकाले गरिरहेको उनले बताए । स्वास्थ्य क्षेत्रको सन्दर्भमा मनहरीले १ देखि ९ वटै वडामा स्वयम सेविकाको व्यवस्था गरेर बिरामीहरुलाई सेवा दिइरहेको उनले बताए । साविक मनहरीमा एउटा मनहरी अस्पताल र हाँडीखोला स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा दिइरहेको उनले बताए । मनहरी गाउँपालिकामा रहेको मनहरी अस्पतालमा रहेको भवन पनि लगभग लगभग निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी गराए ।

एक दुई महिना भित्र मनहरी अस्पताल भवनको निर्माण कार्य सम्पन्न गरेर त्यसबाट पाउने सेवा प्रदान गर्ने उनको भनाई छ । त्यस अस्पतालमा ५ जना एम्बीबीएस डाक्टरको व्यवस्था गरेर ५ देखि ६ सय विरामीहरुलाई उपचार दिइरहेको उनले बताए । जटिल अवस्थाका देखि बाहेक अन्य बिरामीहरुलाई गाउँपालिकाकै अस्पतालबाट उपचार सेवा दिइरहेको उनले जानकारी गराएका हुन् । उनका अनुसार अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएसँगै आफ्‌नै भवनमा अस्पताललाई सारेर थप उपचारको सेवालाई बिस्तार गर्ने उनले बताए । उनले गाउँपालिकामा अधिकांश मानिसहरु कृषि पेशामा क्रियाशिल भएको कारणले र कृषिमा आधारित भएको कारणले त्यसलाई मध्य नजर गर्दै गत वर्षबाट बाली विमा कार्यक्रमलाई सञ्चालनमा ल्याएको उनले बताउँदै उनले भने–मनहरी धेरै पशु पालन गर्ने किसानहर छन् ।

६, ७ महिनाको समयमा पनि मकवानपुर जिल्ला दुग्ध उद्योग संघले दुग्धको भुक्तानी नदिँएकोले सबै सबै जना विदेश जान बाध्य भएका थिए । तर गाउँपालिकाले जिम्मा लिएर हेटौंडा डेरीसँगको सम्झौतामा प्रत्येक महिना महिनामा दुग्धको भुक्तानी पाउने व्यवस्था मिलाइएको छ ।यस अघि १५/१५ दिनको अवधिमा भुक्तानी पाउनेगरी व्यवस्था मिलाइएपनि प्राविधिक कारणले हाल मासिक रुपमा भुक्तानी पाउनेगरी व्यवस्था मिलाइएको उनले बताए । पहिले दैनिक ५,६ हजार लिटर मात्र दुग्ध विक्री हुने गरिएको थियो भने गाउँपालिकाले यस्तो व्यवस्था मिलाइदिए पछि दैनिक १५ हजार देखि १६ हजार लिटर सम्मको दुग्ध विक्री हुने गरिएको छ । भौतिक पूर्वाधार विकासतर्फ गाउँपालिकाले आफैले निर्मार्णको बाटो पूल संरचनाहरु निर्माण भएर सम्पन्न भएको उनको भनाई छ । गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पूर्वाधारहरु आफ्‌नो कार्यकालमा बजेट राखेर फ्रिज गर्न छुट नदिएको उनले बताए । मध्य वर्ग क्षेत्रको विषयमा प्रशासकसँग समन्वय गरेर केही सहज वातावरणको सिर्जना गरेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने मध्यवर्गी क्षेत्रको विषयमा त्यहाँका आसपासका वासिन्हाहरुलाई समस्या परेको विषयमा यस अघि कार्यालयको अध्यक्षको समयमा पनि विवाद रहेको थियो । यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएर प्रशासनसँग समन्वय गरेर केही सहजताको अवस्था सिर्जना गरेको र काम गरे अनुसारको उपल्ब्धी हासिल नभएको बताए । यस विषयमा स्थानीय वासिन्दाहरुले भोगको समस्यालाई त्यहाँको सम्बन्धीत वार्डेनसँग समन्वय सहजीकरण गरेको उनले बताए । धैरै जनताहरुले मध्यवर्गीय क्षेत्रबाट पाउनुपर्ने सहयोग नपाएको उनले स्वीकार गरेका छन् । मध्यवती क्षेत्र जंगली जनावहरु संरक्षण गर्नुपर्ने बताउँदै उनले भने–तर अहिले जनतालाई विकास निर्माणमा बाधा जस्तो देखिएकोले त्यो छलफलबाट हामीले सहजीकरण गर्ने प्रयास गरेका छौं ।

गाउँपालिकाकी एक स्थानीय वासिन्दाले भने सबै भन्दा बढी क्रसित जंगली जनावहरबाट आफूहरु हुने गरेको उनले बताइन् । कुनै समयमा पनि जंगलबाट विभिन्न जनावहरु आएर कठिन पर्ने उनले बताइन् । पालिकामा जसो तसो बस्दा पनि जन्तुले सुखले बस्ने नदिएको उनले गुनासो गरिन् । जंगली मृग, वंदेल, बाँदर जस्ता जनावहरु आफूहरु बसेको वास स्थानमै आउने गरेकोले समस्यामा परेको उनले बताइन् । विभिन्न तरकारीहरु खेती गरेको राखेको अवस्थामा जनावहरुले नष्ट गर्दिने गरेको उनको गुनासो थियो । समय अनुसार आफूहरुले काम धाम छाडेर जनवाहरुको पहरा दिनुपर्ने अवस्थाको सामना पनि आफूहरुले गरेको उनले बताइन् ।

यस्तै, गाउँपालिकाको वडा नम्बर–५ मा जंगली जनवारहरु हेर्नका लागि छुटटै एउटा स्टल रहेको उनले बताए । उनले उक्त ठाउँमा पर्यटकहरु धेरै घुम्न आउन सक्ने भएकोले त्यहाँ पुलहरुपनि निर्माण भइरहेको बताए । जस कारण त्यस ठाउँको आन्तरिक पर्यटन बढ्ने भएको त्यसलाई विशेष रुपले प्राथमिकतामा राखेको उनले बताए । यसै विषयमा मनहरी–१ का वडाध्यक्ष शिवप्रसाद खनालले जनताहरुको गुनासो जाहेज रहेको स्वीकारण गर्दै आफूहरु पनि कानूनको मापदण्ड अनुसार रहेर काम गर्नुपर्ने बताएका छन् । विशेषगरी मध्यवती वन्यजन्तुको आंतकित क्षेत्र वडा–१ चकरी मकरी लगायतका क्षेत्रमा पर्ने गरेको छ । वडाध्यक्ष खनालले संविधान भन्दा बाहिर रहेर काम गर्न नपाउने उल्लेख गर्दै जनताहरुको पक्षमा लागेर चकरीको पोष्टमा जाँचा झै–झग्डा समेत गर्ने गरेको उनले बताए । कर्मचारीहरुले यस विषयमा समस्यालाई समाधान गर्नका लागि मुख्य पदमा भएको व्यक्तिद्वारा पहल गर्न भनिएको बताए ।

रोहित थापा क्षेत्री
थप जानकारी