विजया दशमीको अवसरमा मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ ।

श्री प्रतिभा युवा क्लबको आयोजनामा ३० बर्षमाथिको भेट्रान्स फुट्सल प्रतियोगिता हुन लागेको हो ।

सोमबार पत्रकार सम्मेलन गरी यहि असोज ५ गतेदेखि मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु हुने आयोजक क्लबका अध्यक्ष हेम बहादुर योन्जनले जानकारी दिनु भयो ।

प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका भित्रका खेलाडी तथा क्लबले मात्रै सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगिताको बिजेता टोलीले खशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेता हुने टोलीले बोका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नक आउटको आधारमा हुने प्रतियोगिताको खर्च २ लाख ५० हजार हुने आयोजकको अनुमान छ ।

टिम दर्ताको अन्तिम मिति यहि असोज ४ गते अपरान्ह ४ बजेसम्म रहेको छ सोहि दिन ४ बजे पछि मकवानपुरगढी–४ स्थित रुद्रबाटीकामा रहेको कल्बको कार्यालयमा टाइसिट तानिने आयोजक क्लबका सचिव सुरेन्द्र पख्रीनले जनकारी दिनु भयो ।

त्यस्तै टिम दर्ता शुल्क २ हजार लाग्नेछ भने टिम दर्ता गराउदा खेलाडीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र फोटो सहित वडाको सिफारिस ल्याउनु पर्ने आयोजकले जनाएको छ ।

क्लवका अध्यक्ष हेम बहादुर योन्जनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितिका सदस्य बिक्रम लामा लगायतकाको सहभागिता रहेको थियो ।