हेटौंडा । मकवानपुर जिल्ला स्तरिय भेट्रान्स पुरूष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हटौंडा तथा छहारी युवा सेवा समाज हेटौंडाद्वारा जिल्लामै पहिलो पटक असोज ३ गतेदेखिआयोजना हुन लागेको बताइएको छ ।
मकवानपुरमा भलिबल खेलको गतिविधि बढाउन, भलिबलको विकास गर्न, जिल्लालाई भलिबल मार्फत चिनाउन, हस्तीहरलाई एकजुट तथा पूर्न मिलन गराउन, भलिबल खेलको विकास र विस्तार गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक समितिका सदस्य मनोज लामाले बताए । प्रतियोगितामा जिल्ला भरिबाट १० वटा टिमहरुको सहभागिता रहने अनुमान गरिएको सदस्य घलानले बताए ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउको आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको खेलतालिका असोज ३ गतेसम्म सार्वजानिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विगत १ वर्षदेखि मकवानपुरलाई कर्मथलो बनाएर आर्मी, प्रहरी र सशस्त्र प्रहरी संगठन बाहेकका विभिन्न संघ संस्थामा आवद्ध भएका ४० वर्ष पूरा भएका बाहिरी जिल्ला खेलाडीहरु पनि सहभागी हुन पाउने उनले बताए ।
वि.स. २०७२ सालको महाभूकम्पमा परेरे निधन भएको केशवलाल श्रेष्ठलाई स्मरण गर्नका लागि आयोजना गर्न लागेको प्रतियोगिताका लागि कलेजले सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे ।
भलिबलको गतिविधि बढोस भलिबलको गतिविधि नमरोस भन्ने नरालाई सार्थक बनाएर खेलको महत्व बुझाउन र यसलाई प्रवद्र्धन गराउनका लागि प्रतियोगिताको आयोजना गरेको खुशी व्यक्त गर्दै प्रतियोगितामा कलेजको पनि एक टिमको सहभागी हुने कलेजका प्रिन्सिपल रघुनाथ खरालले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको प्रत्येक दिनको उत्कृष्ट खेलाडीहरु र अन्य विधागत खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता आयोजनाका लागि १ लाख ५० हजार रुपैयाँको लाख अनुमान आयोजकको ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक पुष्म मैनाली, कलेजक सहायक प्रधानाध्यापक कमल नेपाल र कलेजका खेलकुद संयोजक इश्वर छतकुलीको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्