नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपुरको राधेराधेमा सोरुम सञ्चालनमा ल्याएको छ ।

उक्त सोरुमसहित देशभर कम्पनीको सोरुम संख्या १५ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ । भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस सोरुममा सेल्स, सर्भिस र स्पेयर्स पाट्र्ससहित आधुनिक गाडीहरू सोकेस गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १५ सोरुम तथा १९ वटा सर्भिस स्टेसनमार्फत सेवा दिँदै आएको छ ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो