बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा आइतबार बुद्ध एकेडेमीले इस्ट पोललाई ८१–१३ को फराकिलो अन्तरले हरायो । न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुल तेस्रो भयो ।

बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बननुभयो । अनुशासित टिमको उपाधि त्रिकोण पब्लिक स्कुलले पायो । विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो