गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ। एनआरएनएले पीडितलाई आज राहत उपलब्ध गराएको हो।

कञ्चनपुरका बाढी पीडितलाई एनआरएनएका अध्यक्ष भुवन पन्त यहाँ आफै आएर सहयोग गरेका हुन्। “वडा नं. १३ का ७५ बाढी पीडित परिवारलाई राहत उपलब्ध गराएका छौँ”, स्थानीयस्तरमा समन्वय गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधवप्रसाद जोशीले भने,“दोधारा चादँनी र भीमदत्तको तटीय क्षेत्रमा मङ्गलबार राहत वितरण गर्दैछौँ।”

एनआरएनएका राहत वितरण संयोजक मनोज गोर्खालीले पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गरिरहेको जानकारी दिए। उनले पहिलो चरणमा पीडितको बस्तीका अति विपन्न समुदायका ३०० परिवारलाई राहत सामग्री वितरण गरिने बताए।

एनआरएनएले रु ३५ हजार बराबरको त्रिपाल, लत्ता कपडा, खाद्यान्नलगायत सामग्री हस्तान्तरण गर्न लागेको छ।