बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोभिड बिरुद्व खोप अभियानमा प्रदेश सफल हुने बताएका छन् ।

बाचौँ र बचाऔँ अभियान अन्तरगर्त हेटौंडा वडा नम्बर –१० सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको आयोजनामा कोभिड बिरुद्ध खोप अभियान चलिरहेको स्थानमा पुगेर यस्तो बताएका हुन् ।

प्रदेशको बिभिन्न जिल्ला जिल्ला समेत अनुगमन गरिरहेका स्वास्थ्य मन्त्री लामा खोप अभियानमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका स्थित ५मा पुग्दा खोप लगाउँन निकै टाढा पुग्नुपर्ने अवस्था भएकाले नागरिकहरु समक्षनै खोप पुर्याइने बताए ।

विगतमा कोभिड बिरुद्व खोप लगाउँन हुदैन भन्ने नागरिकहरुमा परेको भ्रमलाई चिर्न सफल भएको र प्रदेशभरीकै नागरिकहरुलाई सिर्घनै खोपको मात्रा पुरा गराईने विश्वास रहेको स्वास्थ्य मन्त्री लामाले बताए ।

आवाश्यक खोप प्रदेशमा प्रायाप्त भएको उल्लेख गर्दै अभियानमा खटिने स्वास्थयकर्मी, प्रहरी, प्रशासन र बिभिन्न स्थानमा रहनुभएका व्यक्ती, जनप्रतिनिधिहरुकोे प्रसंसा गर्दै आयोजलाई धन्यवाद दिए ।

कोभिड बिरुद्ध खोप अभियानमा आवाश्यक सहयोग मन्त्रालय र आफ्नो तर्फबाट व्यक्तीगत सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड बिरुद्ध खोपको मात्रा नलगाएकालाइ पहिलो र लगाएकालाई दोस्रो र मात्रा लगाई सकेर ६ महिना पुरा भएकालाई बुस्टरडोज लगाइएको उप–केन्द्रका अध्यक्ष प्रदिप कडेलले बताए ।

कोभिड बिरुद्ध खोप अभियानसंगै मास्क लगाउन अनुरोध गर्दै निःशुल्क मास्क बितरण समेत गरिएको हो ।

 

#Bagmati_Pradeshखोप मुक्त हुँदै#Nima lamaस्वास्थ्य मन्त्रिले भने हामीलाई विश्वास छ।