मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र बागमती गाउँपालिकाले शुक्रबारबाट जग्गा वितरण सुरु गरेको हो ।

बागमती –४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो भने बागमती गाँऊपालिका अध्यक्ष सर्केश घलानले पालिकामा रहेका भुमिहिनलाई भुमिमालिक बनाउने कार्यको थालनी भएको बताए ।

जिल्लामपहिलो पटक थालनी भएको र सुचना निकालिएसंगै ३७ जनाको प्रक्रिया पुगेर अघि सारिएको र प्रतिबद्धता गरे अनुसारनै उक्त कार्य सफल भइएको बताए।

निर्वाचनमा अध्यक्ष हुदै गर्दा  पुर्जा बितरण कार्यलाई प्राथमिता दिने भनेर लामो समयदेखि जग्गा नापजाँच गरेपनि सरकारको अनुमति नपाउँदा बिलम्ब भएतापनि ३ जनाबाट सुरु भएको र अब पालिकामाका सबै भुमिहिन सम्म लालपुर्जा पु¥याइने योजना रहेको बताएका हुन् ।

१ जना उपस्थिति हुन नसकेको र गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेको बताएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संबिधानमा लेखिएको अधिकार जनतालाई दिने प्रतिबद्धता अन्तर्गत भुमिहिनलाई पुर्जा वितरण गर्न पाइएकोमा खुसी व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले अबका दिनमा कोही जनता भुमिहिन भएर बस्न नपर्ने उल्लेख गर्दै ५७ बर्षदेखी भोगचलन गर्दै आएको जग्गालाई आफ्नो भन्न पाउने र भुमिहिन जनताको पिडा अब अन्त्य हुने बताइन् ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले रगत बगाएर ल्याएको संबिधानको अधिकार स्थापित गर्ने र भुमिहिन दलित, जनजाती जनताले पसिना बगाउदै आएको जग्गा र घरलाई आफ्नो भन्न पाउने बताइन् ।

पूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान,राष्ट्रिय भूमि आयोग उपाधयक्ष नहेन्द्र खड्का, गाउँपालिका अध्यक्ष सर्केश घलान तथा आयोग जिल्ला अध्यक्ष विष्णु दाहाल माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु),  लगायतको उपस्थिति रहेको थियो ।