
पवित्रा विश्वकर्मा
जब अभावहरुले धक्का मारे रहर मारिदिएँ
सपनाको सहरलाई अन्तै बसाई सारिदिएँ
आशा बोकी कम्मर कसी सहर पस्ने निधो लिएँ
बाध्य भएँ यसै पनि जिम्मेवारी आफै माथी थिए
नौलो सहर नौलो मान्छे नौलो चलन नौलै व्यवहार
उद्देश्य बोकि सपनालाई पार्ने साकार
समस्याको थुप्रो छ लाग्या छैन पार
बारम्बार बाध्य छु स्वीकार्नलाई हार
विश्वास गर सफल हुनेछु हार मानेको छैन
थाहा छ विछिप्त छु कमजोर ठानेको छैन
असफलतामा सन्तुष्ट हुन मन मानेको छैन
महसुस भयो बलियो त म निकै रहेछु निराश हुन जानेको छैन
स्नातक प्रथम वर्ष, शिक्षा संकाय
मकवानपुर बहुमुखी क्याम्पस
हेटौडा-२
प्रतिक्रिया दिनुहोस्