पत्रकार दीपेन्द्र शर्माको कृतिको लोकापर्ण गरिँदै ।
हेटौंडा । संघर्षका सात अध्याय बोकेको जाजरकोटका पत्रकार दीपेन्द्र शर्माको कृति युद्ध पत्रकारिता पुस्तकको काठमाडौंमा लोकार्पण” गरिएको छ । शुक्रबार काठमाडौंको आनामनगरस्थित संवाद डबलीमा एक समारोहकाबीच  पत्रकार दीपेन्द्र शर्माको ७ अध्याय बोकेको कृति युद्ध पत्रकारिता पुस्तकको लोकापर्ण गरिएको हो । यस अघि शर्माको पहिलो पुस्तक युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूति ‘जुनिदेखि पिलिसम्म’ गत वर्ष सार्वजानिक भएको थियो । गत वर्षको भदौमा तत्कालिन प्रधानमन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त पुस्तकलाई लोकापर्ण गरेका थिए । पत्रकार शर्मा प्रेस सेन्टर नेपालका पूर्व उपमहासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
२ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल दीपेन्द्र शर्माको कृति युद्ध पत्रकारिता पुस्तकमाथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाल, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दहाल र पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले संयुक्त रुपमा समीक्षा गरेका हुन् । पत्रकार शर्मा स्थानीय अनलाइन पत्रिका कुशे खबर र राष्ट्रिय पत्रिकार समाचार पत्रमा आवद्ध छन् । विशेष गरेर पत्रकारितामा पनि युद्धपत्रकारितालाई नेपालमा कसरी प्रयोग गरियो भन्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक लेखेको पत्रकार शर्माले बताए । माओवादीले नेपालमा सञ्चालन गरेको जनयुद्धमा सञ्चारमाध्यमहरुको परिचालन र उपयोग बारेमा शिक्षा लिनका लागि पुस्तक उपयोगी हुन सक्ने उनले बताए ।
पुस्तकको अध्याय एक मा पत्रकारिता, युद्धपत्रकारिता, नेपालमा युद्धपत्रकारिताको अभ्यास र चुनौती, दश वर्षे जनयुद्धमा सञ्चार माध्यमको भूमिका तथा मिसन पत्रकारिताबारे चर्चा गरिएको उनले बताए । अध्याय दुई मा युद्धपत्रकारितामा छापा माध्यमको भूमिका र महत्व केलाइएको तथा अध्याय तीनमा जनयुद्धमा रेडियो पत्रकारिता शीर्षकमा रेडियो प्रसारण र पत्रकारितामाथि व्यापक चर्चा गरिएको उनले बताए ।
त्यसैगरी जनयुद्धमा टेलिभिजन पत्रकारिता पनि गरिएको सन्दर्भ, यसका चुनौती र सफलतालाई अध्याय चारमा र जनयुद्धलाई सफल पार्न युद्धपत्रकारले गरेको अनलाइन पत्रकारिताको दृष्टान्तलाई अध्याय पाँचमा प्रस्तुत गरिएको छ । युद्धपत्रकारितामा प्रयोग भएका परम्परागत सञ्चार माध्यम र शैलीलाई अध्याय छ मा र जनयुद्धको रिपोर्टिङ्ग गर्ने विदेशी पत्रकार, ज्यान गुमाएका युद्धपत्रकारहरु, बेपत्ता युद्धपत्रकारहरु र युद्धपत्रकाहरहरुको साङ्गठनिक विकास  विषयवस्तु अध्याय सातमा समावेश गरिएका उनले जानकारी गराएका छन् ।
युद्ध पत्रकारिता कृति पुस्तक ।
नेपालमा सञ्चालित जनयुद्धताका नेपाली मिडिया पनि विभाजित भएको र  उनीहरुले आफ्नो योजना अनुसार नै ‘मिशन’ पत्रकारिता गरेका कुरा पुस्तकमा उल्लेख गरिएको छ । सरकारी तथा केही अन्य सञ्चारमाध्यमहरुले सरकारी सूचनाको एकतर्फी प्रवाह गरे भने माओवादी समर्थित सञ्चारमाध्यमहरुले माओवादी पार्टीको पक्षमा र सरकारका विरुद्धमा सूचना तथा समाचारको प्रवाह गरेका थिए । यही विषयमा केन्द्रीत भएर यो पुस्तक तयार गरिएको उनको भनाई छ । पुस्तकमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय आन्दोलन, विवाद, विद्रोह, द्वन्द्व, युद्ध आदि हुँदा विद्रोही पक्षले सञ्चारमाध्यमको उपयोग कसरी गर्दछन् र नेपालमा भएको १० वर्षे जनयुद्धमा कसरी भयो ? भन्ने विषयमा पुस्तकमा चर्चा गर्ने प्रयास आफूले प्रयास गरेको उनले स्पष्ट पारे ।
तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको समयमा कस्ता सञ्चारमाध्यमको प्रयोग भयो र कस्तो पत्रकारिता गरियो,जनयुद्धको समयमा नेपाली मिडियाले कस्तो भूमिका निर्वाह गरे ? भन्ने विषयमा यो पुस्तक केन्द्रित छ,, उनले भने । नेपाली पत्रकारिताको इतिहासमा युद्धपत्रकारिताको अभ्यास माओवादी जनयुद्धताका व्यापकरुपमा भएको,  नेपालको सन्र्दभमा युद्धपत्रकारिता जनयुद्धको समयमा निकै चर्चामा रहेको,  माओवादी जनयुद्धको समयमा विद्रोही माओवादीले सञ्चारमाध्यमको उपयोग कसरी गरेको थियो ? कस्ता–कस्ता सञ्चारमाध्यम सञ्चालन गरेको थियो ? जनयुद्धको समयमा सञ्चालन भएका सञ्चारमाध्यमहरुको भूमिका कस्तो थियो ? तिनले कस्तो योगदान गरेका थिए ? भन्ने कुराको मुख्य विषयलाई समेटिएको छ ।
पुस्तकको समीक्षा गर्दै राष्ट्रिय सभाका अध्यक्ष दहालले आफूलेपनि जनयुद्धको समयमा पत्रकारिता गरेको कुराको सबैमा जानकारी गराएका छन् । जनयुद्धको समयमा पत्रकारिता गरेर महत्वपूर्ण भूमिका निर्वाह गदै सहासिक कार्य जनपत्रकारहरुले गरेको उनले बताए । जनयुद्धको समयमा मात्रै नभएर आजको समयमा मूल धारका पत्रकारले उल्लेखनीय भूमिका निर्वाह गरेको देशमा सकारात्मक परिवर्तनको सम्भावना भएको उनको भनाई थियो ।
पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान समयमा पनि मिशन पत्रकार चलिरहेको बताएकी छिन् । जनयुद्धको समयमा पत्रकारमाथि राज्यले आक्रमण गर्ने गरेको र अहिलेपनि यो कुराको अन्त्य नभएको बताइन् । यस्ता कार्यको अन्त्य हुन आवश्यक रहेको उनको जीकिर थियो । नागरिकले तथ्यमा आधारित सूचना पाउनका लागि राज्यले सहज वातावरण मिलाउनुपर्नेमा उनको जोड थियो ।
प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दहालले नेपालमा पत्रकारिताको सुरुवात चरणमा युद्ध पत्रकारिता माओवादी जनयुद्धमा व्यापक भएको उनले बताए । पुस्तकको सातौं अध्यायमा युद्धकालिनको विस्तृत विश्लेषण गरिएको उनको भनाई थियो ।
रातो समाचार संवाददाता
थप जानकारी