हेटौंडा । हेटौंडा–५,स्थित रक्षादेवी मन्दिरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बानियाँटोलमा रहेको रक्षादेवी मन्दिरको २० औं र २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय भण्डारीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभाको उद्घाटन गरिएको थियो । कार्यक्रममा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेको विशेष आतिथ्य रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्