प्रतियोगितामा कविता वाचन गर्दै बह्मदिक एकेडेमीकी छात्रा कृष्णा लौँडारी ।

हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले आयोजना गरेको विद्यालयतहस्तरीय कविता प्रतियोगिताका हेटौंडा–४,स्थित ब्रह्मदिक एकेडेमी बोर्डिङकी छात्रा कृष्मा लौँडारी प्रथम भएकी छिन् । शनिबार आँचल साहित्य कला पुञ्ज मकवानपुरले वृहत साहित्यक एवम् साँस्कृतिक कार्यक्रमको अवसरमा हेटौंडा उमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना गरेको विद्यालयतहस्तरीय कविता प्रतियोगितामा कृष्मा लौँडारी प्रथम भएकी हुन् । यस्तै, हेटौंडा–५,स्थित जीएस निकेतनकी छात्रा आंकाक्षा निरौला द्वितीय भएकी छिन् भने हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयका स्वरुप गुरागाईं तृतीय भएका छन् । जीएस निकेतनमै अध्ययनरत छात्र अनमोल पोखरेल भने सान्त्वना भएका छन्।

कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेगरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भावना सापकोटाले बताइन् । कविता प्रतियोगितामा सहभागी हुनका लागि प्राप्त २६ जना कवि मध्य उत्कृष्ट कविको कविता छनौट गरेर उनीहरुबीच प्रतिस्पर्धा गराइएको अध्यक्ष भावना सापकोटाले बताइन् ।

कविता प्रतियोगितामा प्रथम भएकी कृष्मा लौंडारीलाई प्रथमको प्रमाणपत्र प्रदान गरिँदै ।

आँचलले वृहत् साहित्य तथा साँस्कृतिक कार्यक्रमको अवसरमा डिजिटल स्क्रिनको प्रभाव विषयक बहस, सम्बन्धका घामहरु विषयक मनोपरामर्श, कि नोट स्पिच, कविता मुक्तक, गजल र गीत प्रस्तुती, सम्मान लगायतको कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले गायनको प्रस्तुती समेत गरेको थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ र १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।