हेटौंडा । क्षमता भन्दा बढी भार बोकेको सवारी साधनको प्रयोगले सार्वजानिक यातायातमा समस्यमा परेको भन्दै नारायणी यातायात व्यवसायी कम्पनले ध्यानाकर्षण भएको जनाएको छ । पूर्वपश्चिम सडकखण्ड अन्तर्गतको राजमार्गमा क्षमता भन्दाबढी भार बोकेको सवारी साधनको प्रयोग गरेको कारणले पूल भाँचिने र राजमार्गनै भासिने घटना बढ्दै गएकोले चिन्ता व्यक्त गर्दै नारायणी यातायात व्यवसायीले ध्यानाकर्षण भएको जनाएको हो । बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यातायात व्यवसायी संघका कार्यकारी सञ्चालक माधव अधिकारीले हालकै समयमा बढी भार बोकेको सवारी साधनको प्रयोग गर्नाले यात्रु तथा मालवहाक सवारी साधनहरुले अर्थिक क्षतिको सामना गर्नुपरेको धारण राखेका छन् ।

इलामको फिक्का नयाँ बजारको मयुँ बढी क्षमताको सवारी साधनले प्रयोगले पुल भाँच्चिएपछि यातायात सञ्चालनमा समस्या परेको कार्यकारी सञ्चालक अधिकारीले बताए । करिब ५० वर्ष पूराना पूलहरुमा क्षतमा बढीको सामान बोकेर हजारौं सवारी साधन गुडाएको कारणले ती पूलहरु भत्तिकने अवस्थामा पुगेको उनले जीकिर गरेका छन् । पत्रकार सम्मेलन मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पूलको क्षमता वृद्धि गर्नुपर्ने र भारवहन क्षमताको कडाईको साथ नियमको पालना गर्नुपर्ने माग गरेका छन् ।

हाल देशभर निजी क्षेत्रबाट ११ र सरकारबाट १३ तौलपूल रहेपनि भारबहन क्षमता नियन्त्रणमा प्रभावकारिता नखेकिएको, सरकारले ढुवानी मूल्य अभिवृद्धि कर लागू भएपनि निर्णय कायन्यनमा नआएको र भ्याटमा सामान ढुवानीको क्रम बढ्दै गएको उनले बताए । पुराना तथा जीर्ण पुलहरुको परीक्षणसँग आवश्यक मर्मत गर्नुपर्ने, राजमार्गको नियमित रुपमा अनुगमन गरेर क्षति पुगेको स्थानको मर्मत गर्नुपर्ने र भारबहन क्षमताको पालनाका लागि सचेतना मूलक कार्यक्रम गर्नुपर्ने माग राखिएको उनले बताए ।