रोशन दिप – नेपाल प्रेस युनियन मकवानपुरले शनिबार हेटौंडामा वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम गरेको छ ।
युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ब्लोनको विशिष्ट आतिथ्यतामा गरिएको हो ।
संगठनका सचिव बलराम पुडासैनी र कोषाध्यक्ष प्रदीप अधिकारीद्वारा साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
त्यसैगरी कार्यक्रममा चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।
संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ ।
त्यसैगरी जनही १० हजारसहित नगद प्रेस युनियन पत्रकारिता पुरस्कार २०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दीलिप पौडेल, केन्द्रीय सदस्यद्वय राजन दाहाल खुसराज, सबिना पौडेलको आतिथ्यतासँगै विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरुलो उपस्तिथि रहेको हो ।
यसैगरी, प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्रसमेत प्रदान गरेको छ ।
पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ एनआरएनका अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेको अध्यक्ष बिडारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्