निजि तथा आवसिय विध्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को २० औं वार्षिक साधरण सभा तथा ९ औ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ।

प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षता तथा केन्द्रीय समितिका अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ लगायत पदाअधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा  मकवानपुरे पत्रकार बालकृष्ण अधिकारी, सुवाश बिडारी र जमुना तामाङ सम्मानित भएका छन् ।

सोहीक्रममा नवौं जिल्ला अधिवेशनले विनोद सुवेदीको अध्यक्षतामा ११ कार्यसमिति चयन भएको छ । अध्यक्षमा पुनः सुबेदीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की,  उपाध्यक्ष  लक्ष्मी श्रेष्ठ, नबिन के.सी., सचिवमा विष्णु हरि सुवेदी, कोषाध्यक्षमा,उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सुवेदी चयन भएका हुन् ।

त्यस्तैगरि सदस्यमा रिना आचार्य,गीता आचार्य, रमिता पाण्डे चयन भएका हुन् ।