। नेकपा (माओवादीकेन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मातृका यादवले पार्टीलाई जीवित बनाउन संघर्षलाई जारी राख्न आह्वान गर्नुभएको छ। शनिबार सप्तरीको राजविराजमा पार्टी जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो।
कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै नेता यादवले पार्टी भित्रको संघर्षलाई जारी राख्नुपर्ने बताउनुभएको हो। पार्टीभित्र एमसीसीको पक्ष र विपक्षमा नेताहरु विभाजित भएको भन्दै नेता यादवले यस्तो बताउनुभएको हो। एमसीसीको पक्ष र विपक्षमा मतदान हुनु दुभाग्र्य भएको भन्दै उहाँले पार्टीलाई अब एकताबद्ध बनाउर लागनुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा नेता यादवले जसपा परित्याग गर्ने र स्वतन्त्र गरेर तीन दर्जन भन्दा धेरै स्थानीयलाई पार्टीमा स्वातगत गर्नुभएको छ। माओवादी केन्द्र प्रवेश गर्नेमा प्राध्यापक डाक्टर देवनाथ यादव, सुभाष यादव, धर्मनाथ यादव, चन्द्रनारायण यादव, भागवत यादव, नागृश्वर यादव, आशाराम खंगरगायत हुनुहुन्छ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्