हेटौंडा / नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय लगातार भिडन्तमा परिरहेका छन् ।
नेपाली चलचित्र निर्माण्न भन्दापनि प्रर्दशन गर्न र दर्शक कसरी पाउने हो भन्ने सोचमा निर्माताहरुको दौड भइरहेको हुन्छ ।
चचित्र प्रर्दशनको मिति तय हुन साथ कसको चलचित्रले दर्शक पाउने हो र कसको चलचित्रको पततासाफ हुने केही टुङ्गो हुदैन।
बडा दशैंको अवसर पारेर फुलपातीदेखि बडा दशैंको शुभकामना सहित ‘१२ गाउँ’ , ‘ज्वाइँ साब’, र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनआयो ।
तिन फिल्ममा १२ गाउँ’ र ‘छक्का पञ्जा ५’ को बबाल भिडन्त भयो भने ‘ज्वाइँ साब’ चपेटामा पर्यो ।
यही विच आगामी दिनमा पनि नेपाली चलचित्रहरुको भिडन्त हुने संकेत देखिएको छ ।
………………………

कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ 

करिब ६ करोडमाथिको बजेटमा निर्माण भएको फिल्मलाई नेपाली, हिन्दी र तेलुगू भाषामा पनि तयार पारिएको जनाइएको छ ।
फिल्ममा साउथका ब्रह्मानन्द, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय रहेको छ ।

चन्द्र पन्तको डेब्यु निर्देशित फिल्मा धनन्जय गलानी कार्यकारी निर्माता रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले छांयाकन गरेका हुन् ।

चलचित्रमा नीता ढुंगाना संगै हरिहर अधिकारी मुख्य भूमिकामा छन् । सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको पनि अभिनय छ ।
लामो समयपछि अभिनेत्री विपना थापाको अभिनयपनि यस चलत्रिमा देख्न पाइने भएको छ साथमा अभिनेत्री रेखा थापा विशेष भूमिकामदेखने निर्माण पक्षको भनाइ छ ।

……………………………………….

कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’

दीपेन्द्र गौचनको पहिलो निर्देशन रहेको फिल्ममानाजिर हुसेन र सृष्टि श्रेष्ठलाई मुखय भ्रमिकामा देख्न सकिन्छ ।
फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन हुन् । फिल्ममा नाजिर र सृष्टिसंगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको पनि अभिनय छ । अमितेष शाह विशेष भूमिका छन् ।

राजेश गरिब
थप जानकारी