नेपाली कांग्रेस मकवानपुरको सभापतिमाबुद्ध लामालाई घोषित गरिएको छ।
कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो ।
कांग्रेस नेतृत्वको लागि सभापतिको युद्धमा रहेका आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा रहेका थिए भने ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियो।
सभापति उम्मेदवार बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा परेपछि दोस्रो चरणमा पराजुली र लामाबीच चुनावी युद्ध हुने भएको थियो ।
चुनावी मैदानमा ३ प्रतिस्पर्धी भएतापनि जिम्मेवारीमा १ जना नै पर्ने निश्चित भएको र त्यसमा सहमती जुटेपछि बुद्ध लामा सभापति बनेका हुन् ।
इन्द्र बानियाको समर्थन रहेको लामा सहमतीमा सभापति बने लगत्तै उम्मेदवार आनन्दराम पराजुलीले यो जित सिंगो नेपाली कांग्रेसको भएको बताए ।
उनले कांग्रेसको निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको उल्लेख गर्दै जित हासील गर्नु ठुलो कुरा नभएर अब पर्ने चुनौती भने ठुलो हुने र आउने चुनौतीमा आफ्नो साथ र समर्थन लामालाई रहने बताएका हुन् ।
पराजुलीले भने “अहिले लामाजी सभापति भएर मात्र हुँदैन् , हामी सबैको जिम्मेवारी छ । काम गर्ने हो काम गर्नुहुन्छ भन्ने विश्वास पनि छ । अन्य पाटीमा हेर्ने हो भने एउटा वडामा सिफारिस लिन जाँदा पनि पाटी प्रवेश गर भन्ने चलन छ । तर, हाम्रो पार्टीमा त्यसो भन्ने चलन छैन । सबैलाई सम्मान व्यवहार गर्ने पाटी नै कांग्रेस हो ।अब हुने स्थानिय निर्वाचनमा कांग्रेसलाई सबै तहमा चुनाव जिताउने मेरो भरपुर प्रयास हुन्छ । लामाजीलाई मेरो हर समय साथ छ । म पाटीको हुँ – सभापती नभएता पनि परेका समस्यामा मलाई खबर गरेमा सहयोगका लागि कुनै पनि समय उभिने छु। सभापति नभएपनि मलाई अमूल्य मत दिएर न्याय प्रदान गर्नुभयो र बराबरी मत दिएर जुन माया साथ दिएर सहयोग गर्नुभयो म निकै आभारी छु ।”
प्रतिक्रिया दिनुहोस्